सिजनल इन्फ्लुएन्जाका लक्षण र बच्ने उपाय « Khabarhub

सिजनल इन्फ्लुएन्जाका लक्षण र बच्ने उपाय


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भदौं महिनापछि विस्तारै गर्मी कम हुँदै जान्छ । असोज महिनामा जाडो र गर्मी दुबै हुँदैन । असोज कात्तिक पछि जाडो मौसम शुरु हुन्छ । यसरी हुने मौसम परिवर्तनको समयमा मानिसमा रुघाखोकी र ज्वरोको समस्या शुरु हुन्छ । मौसम परिवर्तनका कारण लाग्ने रुघाखोकी र ज्वारोलाई सिजनल एन्फ्लुएन्जा भनिन्छ ।  त्यसैले सिजनल एन्फ्लुएन्जाबाट बच्नको लागि समयमै सचेत हुनुपर्छ ।

इन्फ्लुएञ्जाका मुख्य लक्षण

  • ज्वरो आउने,
  • खोकी लाग्ने,
  •  घाँटी दुख्ने,

बालबालिकामा देखिन सक्ने थप लक्षण

  • वाकवाकी लाग्ने वा वान्ता हुने
  • पेट मडारिने
  •  झाडा पखाला
  • हाँच्छिउ आउने
  •  नाकबाट पानी बहने वा नाक बन्द हुने
  •  टाउको दुख्ने
  •  मांसपेशी दुख्ने
  •  हाड जोर्नी दुख्ने
  • आलस्य हुने

सिजनल इन्फ्लुएन्जाबाट बच्ने उपाय

  • खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्ने,
  • सही तरीकाले साबुन पानीले पटक पटक हात धुने,
  • हात नमिलाउने, नमस्कार गर्ने,
  •  रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने,
  • आँखा, नाक तथा मुखमा अनावश्क रुपमा हात नलैजाने,
  • जथाभावि नथुक्ने वा सिंगान नफाल्ने,
  •  शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्ने,
  • रुघाखोकी लागेका व्यक्तिहरु ३–५ दिन सम्म घरमै आराम गरेर बस्ने,
  •  रोगी व्यक्तिलाई पौंष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा, भातको माड, दालको रस,तरकारीको रस, गेडागुडीको रस आदि खुवाउने,
  •  चुरोट रक्सी नखाने,
  • चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाह बिना औषधि नखाने ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  १ : २७ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित