रविलाई रिहाइ गर्न कलाकारको माग « Khabarhub

रविलाई रिहाइ गर्न कलाकारको माग


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा विभिन्न कलाकारहरुले निष्पक्ष छानबिनको माग गरेका छन् । रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै कलाकार दीपकराज गिरी, नायक निखिल उप्रेती, रमेश उप्रेती, निर्मल शर्माले घटनाबारेको यथार्थ सार्वजनिक गर्न माग गरे ।

पत्रकार सम्मेलनमा सहभागी भएका दीपकराज गिरी कानूनमा भएको त्रुटिकै कारण रवि लामिछाने पक्राउ परेको भन्दै रिहाइको माग गरेका छन् । उनले भने, ‘कानुन नै त्रुटिपूर्ण छ । मरेका सबै मान्छेले यथार्थ गरेका हुँदैनन् । आपसी रिसईबीका कारण आत्महत्या गर्लान् अनि बाँचेकाले सास्ती भोग्नुपर्ने भयो । म भन्छु आत्महत्या पनि अपराध हो । अहिलेको कानूनमा सुधार जरुरी छ । मर्ने व्यक्तिले सबै सही गर्छन भन्ने पनि छैन नि । आत्महत्याका कारण प्रताडना खेप्ने म पनि हुँ । मलाई थाहा छ नि कति पीडा हुन्छ ।’

गिरीले आफूले भोगेको पीडालाई पनि यसरी सार्वजनिक गरे, ‘चलचित्रको कपिराइटका कारण कृष्ण भाइले आत्महत्या गर्दा मैँले पनि समस्या भोगेको थिएँ । मर्ने व्यक्ति बाँच्नका लागि संघर्ष गर्न नसकेर मर्ने हुन् । दुःख पीडासँग जुध्न नसकेर मर्ने हुन् । कानूनीराज, राज्य, सरकार न्यायप्रति विश्वास गुमेर मानिसहरु सडकमा उत्रिएका हुन् ।’ रवि बारे चाँडो फैसला हुनुपर्ने भन्दै उनले भने, ‘रवि जीको सन्दर्भमा उहाँ दोषी भए सजाय भोग्नुपर्छ निर्दोष भए रिहा हुनुपर्यो । अनि उहाँले प्रहरीलाई सहयोग गर्छु भन्दाभन्दै किन पक्राउ गरेको प्रहरीले ?’

त्यस्तै नायक निखिल उप्रेतीले राजनीतिका कारण देश विग्रिएको आरोप लगाए । उनले भने, ‘यो देश राजनीतिले बिगारेको छ । आज राजनीतिक रंग नलागेको मान्छे, पावर, पहुँच नपुगेको मान्छेले न्याय पाउन सक्दैन । अहिले भएको यही हो । जबसम्म राजनीतिले गाँजिरहन्छ अन्याय, अत्याचारविरुद्ध संघर्ष गर्नेहरुलाई समस्या आइरहन्छ ।’

त्यस्तै कलाकार निर्मल शर्माले पनि घटनाबारे निष्पक्ष छानबिनको माग गर्दै रवि निर्दोष भएकाले प्रहरी हिरासतमा राख्न नपाइने बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  १ : ३६ बजे

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म

बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को