गणतन्त्र, धर्म निरपेक्षता र संघीयता देशले नधान्ने प्रमाणित भइसक्यो – लिङ्देन « Khabarhub

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता देशले नधान्ने प्रमाणित भइसक्यो – लिङ्देन


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– राप्रपाका महामन्त्री एबं सांसद राजेन्द्र लिङ्देनले देशको वर्तमान परिस्थितिले एकपटक फेरि परिवर्तनको माग गरेको बताएका छन् ।

मकवानपुरको हेटौंडामा पार्टीको जिल्ला कार्य समितिद्वारा शनिवार आयोजित अगुवा कार्यकर्ता भेला सांसद लिङ्देनले सत्य, निष्ठा र इमान्दारीताको पक्षमा काम गर्ने राप्रपाका कार्यकर्ताहरु जनताको माँझमा जान ढिला गर्न नहुनेमा जोड दिए ।

उनले स्थापित संस्थाहरु भत्काउने, राष्ट्रिय पहिचान समाप्त पार्ने, जातीय विभाजनको विजारोपण गर्ने, भ्रष्ट मनोवृत्तिका काँग्रेस-कम्युनिष्ट यो मुलुकमा चल्ने तर सनातन मान्यताको जगेर्ना गर्दै निरन्तरता सहितको पक्षधर राप्रपा नचल्ने हुदैन भन्दै धर्म, संस्कृति, विकास र समृद्धिको पक्षमा क्रियाशिल राप्रपा स्थापित भएरै छाड्ने दावी गरे ।

मुलुकलाई वैकल्पिक राजनैतिक विचारधारा दिने पार्टी अध्यक्ष कमल थापाको जिल्लामा आएर बोल्न पाउँदा खुशी लागेको भन्दै लिङ्देनले देशमा व्याप्त विकृती, बिसंगति र भ्रष्टाचारको विरुद्धमा जनता जाग्ने बेला आएको विचार व्यक्त गरे ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले मुलुकलाई निकास दिने नभई समस्याको दलदलमा फसाएको चर्चा गर्दै उनले मुलुकको स्वाधिनता, स्थिरता र बिकासको निमित्त राप्रपाले अघि सारेको मार्ग चित्रबाट मात्र देशलाई जोगाउन सकिने बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ८ : ४० बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी