प्रहरीलाई सर्वसाधारणको प्रश्न : घाइतेको उद्धार पहिले कि मुचुल्का र प्रमाण ? « Khabarhub

प्रहरीलाई सर्वसाधारणको प्रश्न : घाइतेको उद्धार पहिले कि मुचुल्का र प्रमाण ?


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजको राजधानी दैनिकले ललितपुरको नख्खुस्थिति एनसेल मुख्यालयमा शुक्रबार साँझ अज्ञात समूहले बम विस्फोट गरायो । विस्फोटमा तीन सर्वसाधरण घाइते भएकामा शनिबार एक जनाको निधन भयो ।

बम विस्फोटको त्रासले सर्वासाधारणको भीड लागको थियो । तर उद्धार गर्न कोही अगाडि सरेका थिएनन् । केही ढिलो गरी आएको प्रहरी पनि घाइतेको उद्धारभन्दा पनि मुचुल्का उठाउन लागे । मुचुल्का उठाउन १० मिनेट लाग्यो । ततपश्चातमात्र उपचारका लागि घाइतेहरुलाई अस्पताल लगिएको थियो । त्यसैले घाइतेहरुको पहिले उद्धार कि मुचुल्का भन्ने आम सर्वसाधारणले गुनासो पोखेका छन् ।

त्यस्तै आजको राजधानीले संघीयता विरोधी प्रशासन कानून सच्याइँदै शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । संघीय सरकारको स्थायी प्रशासन कमान्ड गर्ने मुख्य कानून नै संघीयता विरोधी हुने देखिएपछि सरकारले प्रस्तावित विधेयकका प्रावधान सच्याउने भएको छ ।

त्यस्तैगरी विदेशस्थित नेपाली दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासका लागि आफ्नै भवत खरिद पहिलो प्राथमिकता भए पनि घर भाडा नै बढी प्राथमिकता दिएको पाइएको छ । घरभाडा खर्च ८ वर्षको अन्तरमा झण्डै साढे दुई गुणाले बढेको देखिएको पछि भवन खरिद होइन घरभाडामै मोह बढेको आशयको समाचार छापेको छ ।

त्यस्तै राजधानी दैनिकले शिक्षामा विकृतिको चाङ शीर्षकमा सम्पादकीय लेखेको छ । जुन मुलुकमा शिक्षामा विकृतिका चाङ हुन्छ, त्यो मुलुकले कसरी विकास र प्रगति हासिल गर्न सक्ला ? यस्तै प्रश्नले अहिले सिंगो मुलुक र जनालाई पिरोलिरहेको छ । यहाँ शिक्षामा मात्रै होइन, सवै क्षेत्रमा विकृतिको चाङ बेग्रेल्ती देखिन्छ ।

त्यस्तै पत्रिकाले उपत्यकामा अब  स्मार्ट यात्रु प्रतीक्षालय शीर्षकमा दोस्रो पृष्ठमा समाचार छापेको छ ।

कस्तो हुनेछ स्मार्ट प्रतिक्षालय ? यो पनि

यात्रुका व्यथाः बस्नलाई बेन्च छैन, कुरा स्मार्ट प्रतीक्षालयका ?

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ५ : ४६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस