सरकारी गाडी चालकको श्रीमतीको नाममा करोडौँ जग्गा, राउटेले सुरु गरे जागिर « Khabarhub

सरकारी गाडी चालकको श्रीमतीको नाममा करोडौँ जग्गा, राउटेले सुरु गरे जागिर


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – सरकारी गाडी चालकको श्रीमतीको नाममा करोडौँ जग्गा शीर्षकमा आजको नागरिक दैनिकले समाचार छापेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको सवारीसाधन दुर्घटना गराएको भनी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रशासन कार्यालय बाराका चालक जगतनाराणय राउत कुर्मीकी श्रीमती प्रेमशीलादेवी कुर्मीको नाममा करोडौँ मूल्यको जग्गाबाट ५ कठ्ठा हिस्सा पाएका कुर्मीले आफन्त र श्रीमतीको नाममा यसको २० गुणाभन्दा बढी जग्गा जोडिसकेका छन् ।

साविक ब्रह्मपुरी १ हाल कलैया उपमहानगरपालिका १७ निवासी कुर्मीले प्रमुख जिल्ला अधिकारीको गाडी चालक हुनुभन्दा पहिले परिवार पाल्न अरुको घरमा चालकको काम गर्ने गरेका ब्रह्मपुरीका स्थानीयले बताएका छन् ।

उनकी श्रीमतीको नाममा कलैया उत्तरझिटकैया र ब्रह्मपुरीमा गरी करोडौँ मूल्य पर्ने घडेरी र खेती गर्ने जग्गा फेला परेको छ । साविक कलैया ६ हाल कलैया उपमहानगरपालिका १ मोतीबाघमा कित्ता नं. १२७८ को ४ धुर, कित्ता नं. १२८२ को १ धुर घडेरी फेला परेको छ ।

त्यस्तै, राउटेले सुरु गरे जागिर, रहर हैन बाध्यता शीर्षकमा अर्को समाचार छापिएको छ । राउटेहरु स्पष्ट तीन मान्यता राख्छन् खेतीपाती नगर्ने, लेखपढ नलाग्ने र जागिर नखाने । आफ्नै मान्यताविपरित पूर्वमुखिया महिनबहादुर शाहीसहित पाँच जना राउटेले शनिबार ‘जागिर’ सुरु गरेका छन् । पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदाय अहिले पैसाकै लागि जागिर खान तयार भएका हुन् ।

सुर्खेतको तेकबेँसी नगरपालिकामा बस्दै आएका राउटे समुदायका पूर्वमूखिया महिनबहादुरसहित अहिलेका मुखियाहरु सूर्यनारायण, दिलबहादुर, वीरबहादुर र राउटे युवा प्रकाश शाहीलाई दैलेखका सामाजिक सेवा केन्द्र (सोसेक)ले राउटे सामाजिक कार्यकर्ता पदमा जागिर दिएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ६ : ०० बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय