कमल थापाको पार्टीमा भुँइचालो – चन्दसहितका १४ केन्द्रीय नेताले एकैपटक छोडे राप्रपा « Khabarhub

कमल थापाको पार्टीमा भुँइचालो – चन्दसहितका १४ केन्द्रीय नेताले एकैपटक छोडे राप्रपा


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा संकटमा परेको छ । पार्टीका १४ जना केन्द्रीय नेताले एकैपटक पार्टी छोडेपछि पार्टी अध्यक्ष थापा तनावमा परेका छन् ।

राप्रपा संगठन सुदृढीकरणका लागि मेचीकाली राष्ट्रिय अभियानमा जुटिरहेको बेला पार्टी नेता एवं पूर्वमन्त्री जयन्त चन्दसहितका नेताले पार्टी छोडेका हुन् ।

]शनिवार पार्टी छोडेको घोषणा गर्नेमा सहायक महामन्त्री भरत पाठक, कार्यसम्पादन समितिका सदस्यहरु प्रह्लाद साह, भरत गिरी र विनोद श्रेष्ठ, पूर्व सहायक मन्त्री गोविन्द खनियाँ केन्द्रीय सदस्यहरु चिरागमानसिंह कुँवर, रीता पोखरेल, सुन्दर खडका, गणेशबहादुर विष्ट, गजेन्द्रबहादुर सिंह, विन्दा गिरी लगायत रहेका छन् ।

पार्टीका संस्थापक दुई वरिष्ठ नेता पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीबीच एकता भएर बनेको राप्रपा( संयुक्त) प्रति नेता कार्यकर्ता आकर्षित भएका र उनीहरु एकीकृत राप्रपामा प्रवेश गर्ने तयारी गरिरहेको बताइएको छ ।

चन्दसहितका नेताले विज्ञप्ति जारी गर्दै आफूहरु लामो समयदेखि एकता प्रकृयामा संलग्न रहेको उल्लेख गर्दै त्यसको संकेत गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : २४ बजे

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । शिक्षा तथा खेलकुदमन्त्री

दरबार हत्याकाण्डः राजा वीरेन्द्र वंशनाशको २५ वर्ष पूरा

काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार

पेलेदेखि जिदानसम्म: खेलको शैली बदल्ने विश्वकपका पाँच खेलाडी

विश्वकप फुटबलको सबैभन्दा ठूलो मञ्च हो, जहाँ खेलाडीहरू केवल ट्रफीका

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल