एनसेलले भन्यो- सम्पत्तिको सुरक्षाका लागि प्रतिवद्ध छौं « Khabarhub

एनसेलले भन्यो- सम्पत्तिको सुरक्षाका लागि प्रतिवद्ध छौं


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले शुक्रवार साँझ ललितपुरको नख्खु लगायत देशभरका विभिन्न स्थानमा गरिएको बिस्फोटनको भत्र्सना गरेको छ ।

आइतबार(आज) दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गर्दै एनसेलले गैरजिम्मेवार विस्फोटनको घटनाबाट स्तव्ध र दुःखी भइको जनाएको छ । उसले विस्फेटमा परि घाइते भएकाहरुको शीघ्र स्वास्थय लाभको कामना गर्दैै समुदाय र वरपरको वातावरणमा त्रास फैलाउँदै आतंकित पार्ने यस्तो निन्दनीय कार्यको घोर भत्र्सना गरेको जनाएको छ ।

घटना पश्चात एनसेलले सम्बन्धित सुरक्षा निकायको सहयोगमा देशैभरिका आफ्ना सम्बन्धित स्थानमा जनधनको सुरक्षाका लागि आन्तिरिक सुरक्षा बढाएको जनाएको छ ।

बागलुङ, म्याग्दी, कास्की नवलपरासी लगायतका जिल्लामा रहेका कयौं मुख्य बीटीएस साइटहरुमा आक्रमण गरी क्षति पु¥याइएको एनसेलले जनाएको छ । आक्रमणका कारण ती जिल्लाका ग्रामिण भेगमा बसोबास गर्ने नागरिकले प्रयोग गर्ने आधारभूत र अत्यावश्यक सञ्चार सेवा प्रभावित हुन पुगेको सूचनामा जनाइएको छ । क्षति पुगेको स्थानमा यथाशक्य छिटो सेवा सुचारु गर्न प्रयत्नशील रहेको एनसेलले जनाएको छ ।

एनसेलले यस घटनाका बारेमा सम्बन्धित सरकारी निकायलाई जानकारी गराइसकेको र अत्यावश्यक सेवा ऐनले समेत नागरिकको अत्यावश्यक सेवाका रुपमा परिभाषित गरेको सञ्चार सेवाको निर्वाध सञ्चालनका लागि सहयोग गर्न सबै निकायमा अनुरोध गरेको छ ।

एनसेलले कम्पनीको सम्पत्तिको सुरक्षाका लागि प्रतिवद्धता जारी गरेको छ र शंकास्पद क्रियाकलाप केही देखिएका सम्बन्धि निकायमा खबर गरिदिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : ४२ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र