जुम्ला–डोल्पा जोड्ने पक्की पुल वर्षौँदेखि अलपत्र एउटा स्ल्याव हाल्न बाँकी « Khabarhub

जुम्ला–डोल्पा जोड्ने पक्की पुल वर्षौँदेखि अलपत्र एउटा स्ल्याव हाल्न बाँकी


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिञ्जा– सात वर्षअघि बनाउन शुरु गरिएको पुल निर्माण अलपत्र पर्दा स्थानीय समस्यामा परेका छन् । जुम्लादेखि डोल्पा जोड्ने पक्की पुल वर्षौदेखि अलपत्र अवस्थामा रहेका कारण समस्या उत्पन्न भएको हो । चन्दननाथ नगरपालिका–१ दानसाँघुमा विगत सात वर्षदेखि निर्माण भइरहेको पक्की पुल अलपत्र अवस्थामा छ ।

६० मिटर लम्बाइ रहेको उक्त पुल विसं २०६८ असार १५ बाट निर्माणकार्य थालनी गरिएको थियो । जुम्ला हँुदै डोल्पा जोड्ने दाँनसाघु पक्की पुलमा केन्द्रीय सरकारले करोडौँ बजेट दियो । तर, कहिले ठेकेदारको लापरवाही, कहिले प्राविधिक स्टिमेटको कमजोरी, कहिले चिसोमा सिमेन्टको काम नहुने भन्दै, सात वर्ष बितिसक्दासमेत तीन स्ल्याब मात्रै हालिएको छ भने अझै एउटा हाल्न बाँकी नै छ ।

पुल निर्माणका लागि विभिन्न चरणमा भएका सम्झौताबाट पनि यसले पूर्णता पाउन सकेन । विसं २०६८ पछि पुनः २०७१ असार मसान्तसम्म सम्पन्न गर्ने ठेकेदारसँग सम्झौता गरियो । तर, दोस्रो सम्झौता गरेको चार वर्ष बितिसक्दा पनि पुल अलपत्र अवस्थामै छ ।

विसं २०७२ मा तत्कालीन प्रमुख इञ्जिनीयर हरिप्रसाद शर्माले उक्त पुलको डिजाइन फेल भएको जनाएपछि निर्माणकार्य बीचमै अवरोध भएको थियो ।

जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख इञ्जिनीयर हिक्मतबहादुर महतले पुलको डिजाइन जिल्ला तहबाट नभएको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ८ : ११ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण