मेस्सीले गरे करियरको ५० औं ह्याट्रिक « Khabarhub

मेस्सीले गरे करियरको ५० औं ह्याट्रिक


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कप्तान लियोनल मेसीले सेभिल्लाविरुद्धको खेलमा आफ्नो करियरको ५० औं ह्याट्रिक पूरा गर्दा ला लीगामा बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग १० अंकको दूरी कायम गरेको छ ।

शनिबार राति सेभिल्लाको घरेलु मैदान रामोन साञ्चेज पिज्जुनमा भएको खेलमा बार्सिलोनाका लागि मेसीले ह्याट्रिक गरेपछि ४—२ को जीत हात पारेको थियो ।

बार्सिलोनाविरुद्ध २२ औं मिनेटमा सेभिल्लाका लागि जेसस नाभासले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए तर, त्यसको ४ मिनेटपछि बार्सिलोनाका कप्तान लियोनल मेसीले सेभिल्ला विरुद्ध गोल गर्दे खेललाई एकएकको स्थितिमा पुर्‍याएका थिए ।

त्यस्तै, बार्सिलोनाििवरुद्ध पुन ४२ औं मिनेटमा सेभिल्लाका ग्रेबियल मार्सेडोले उत्कृट गोल गर्दै पहिलो हाफमा टिमलाई २—१ को अवस्थामा पुर्याएका थिए ।

पहिलो हाफमा पछि परेको बार्सिलोनाका लागि मेसीले ६७ औं र ८५ औं मिनेटमा दुई गोल थप्दै टिमलाई ३—२ गोलको अग्रता तथा आफ्नो ह्याट्रिक पुरा गरेका थिए भने लुईस स्वारेजले खेलको अतिरिक्त समयमा गोल गरेपछि बार्सिलोनाले ४—२ अन्तरले सेभिल्लालाई पराजित गर्यो ।

जीतसँगै बार्सिलोना ला लीगामा ५७ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिड ४७ अंकसहित दोस्रो तथा तेस्रो स्थानको रियल मड्रिडको ४५ अंक रहेको छ भने बार्सिलोनासँग पराजित सेभिल्ला ३७ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ८ : ४५ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।