भेनेजुएला संकट–मादुरोले तोडे कोलम्बियासँगको कुटनीतिक सम्बन्ध « Khabarhub

भेनेजुएला संकट–मादुरोले तोडे कोलम्बियासँगको कुटनीतिक सम्बन्ध


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपक्षी कार्यकर्ताले सरकारी नाकाबन्दीकाबीच पनि मानवीय सहायता पु¥याउने प्रयास गरेपछि भेनेजुएलाको सीमा क्षेत्रमा हिंसा भड्किएको छ ।

कोलम्बियाको प्रवास एजेन्सीका अनुसार भेनेजुएलाको नेशनल गार्डका केही जनावले आफ्नो चौकी छोडेका छन् ।

अर्कोतर्फ कोलम्बियामा काम खोज्नका लागि सीमा पार गर्ने कोशिश गरिरहेका मानिसमाथि भेनेजुएला सरकार समर्थित जवानले अश्रुग्यास प्रहार गरेका छन् ।

पछिल्लो विवाद भेनेजुएलामा मानवीय सहायता भित्र्याउने प्रयासपछि शुरु भएको हो ।

राष्ट्रपति निकोलस मादुरोले सहायता भित्र्याउने प्रयासलाई रोक्नका लागि कोलम्बियासँगको सीमा आंशिक रुपमा बन्द गर्ने घोषणा गरेका छन् ।
उनको सरकारले कोलम्बिायासँगको राजनीतिक सम्बन्ध पनि तोडेको छ ।

शुक्रवार ब्राजिलको सीमा नजिक भेनेजुएला सुरक्षाबलको गोलीप्रहारबाट दुई स्थानीय नागरिकको मृत्यु भएको थियो भने शनिवार पनि थप दुई जनाको मृत्यु भएको समाचार सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

स्वघोषित अन्तरिम राष्ट्रपति ख्वान ग्वाइदोले शनिवार लाखौं स्वयंसेवकले मानवीय सहायता पुर्‍याउनका लागि सहयोग गर्ने बताएका थिए । यो सहायतमा खाना तथा औषधिहरु छन् ।

ग्वाइदोले ट्वीटमा भनेका थिए– सहायतको पहिलो खेप ब्राजिलको बाटो हुँदै भेनेजुएला भित्रिएको छ ।

भेनेजुएलाका दुई नेताबीच यो समय मानवीय सहायताको मुद्दा मुख्य बनेको छ ।

भेनेजुएला तथा कोलम्बियाको सीमा क्षेत्रका सुरक्षाबल र स्वयंसेबकबीचको झडपको तस्वीरहरु सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ९ : १९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया