भेनेजुएला संकट–मादुरोले तोडे कोलम्बियासँगको कुटनीतिक सम्बन्ध | Khabarhub Khabarhub

भेनेजुएला संकट–मादुरोले तोडे कोलम्बियासँगको कुटनीतिक सम्बन्ध


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपक्षी कार्यकर्ताले सरकारी नाकाबन्दीकाबीच पनि मानवीय सहायता पु¥याउने प्रयास गरेपछि भेनेजुएलाको सीमा क्षेत्रमा हिंसा भड्किएको छ ।

कोलम्बियाको प्रवास एजेन्सीका अनुसार भेनेजुएलाको नेशनल गार्डका केही जनावले आफ्नो चौकी छोडेका छन् ।

अर्कोतर्फ कोलम्बियामा काम खोज्नका लागि सीमा पार गर्ने कोशिश गरिरहेका मानिसमाथि भेनेजुएला सरकार समर्थित जवानले अश्रुग्यास प्रहार गरेका छन् ।

पछिल्लो विवाद भेनेजुएलामा मानवीय सहायता भित्र्याउने प्रयासपछि शुरु भएको हो ।

राष्ट्रपति निकोलस मादुरोले सहायता भित्र्याउने प्रयासलाई रोक्नका लागि कोलम्बियासँगको सीमा आंशिक रुपमा बन्द गर्ने घोषणा गरेका छन् ।
उनको सरकारले कोलम्बिायासँगको राजनीतिक सम्बन्ध पनि तोडेको छ ।

शुक्रवार ब्राजिलको सीमा नजिक भेनेजुएला सुरक्षाबलको गोलीप्रहारबाट दुई स्थानीय नागरिकको मृत्यु भएको थियो भने शनिवार पनि थप दुई जनाको मृत्यु भएको समाचार सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

स्वघोषित अन्तरिम राष्ट्रपति ख्वान ग्वाइदोले शनिवार लाखौं स्वयंसेवकले मानवीय सहायता पुर्‍याउनका लागि सहयोग गर्ने बताएका थिए । यो सहायतमा खाना तथा औषधिहरु छन् ।

ग्वाइदोले ट्वीटमा भनेका थिए– सहायतको पहिलो खेप ब्राजिलको बाटो हुँदै भेनेजुएला भित्रिएको छ ।

भेनेजुएलाका दुई नेताबीच यो समय मानवीय सहायताको मुद्दा मुख्य बनेको छ ।

भेनेजुएला तथा कोलम्बियाको सीमा क्षेत्रका सुरक्षाबल र स्वयंसेबकबीचको झडपको तस्वीरहरु सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ९ : १९ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका