रहेनन् भाषाविद् बालकृष्ण पोखरेल | Khabarhub Khabarhub

रहेनन् भाषाविद् बालकृष्ण पोखरेल


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाली भाषाका विज्ञ, झर्रोवादी आन्दोलनका प्रणेता, साहित्यकार तथा अनुसन्धाता बालकृष्ण पोखरेलको निधन भएको छ । पोखरेलको निधनले साहित्य तथा नेपाली भाषाको क्षेत्रमा ठूलो क्षति पुगेको भाषाशास्त्रीहरुले बताएका छन् ।

माघ ६ गतेदेखि मष्तिष्कघातबाट पीडित साहित्यकार पोखरेलको विराटनगस्थित आफ्नै निवासबाट अस्पताल लैजाँदै गर्दा निधन भएको हो । पोखरेलको शनिवार राति १ बजेर ३० मिनेटमा निधन भएको पारिवारिक स्रोतले बतायो ।

वि.सं. २०२१ सालमा ‘नेपाली भाषा र साहित्य’ का लागि मदन पुरस्कार प्राप्त गरेका पोखरेलका कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, शब्दकोष, अनुसन्धान तथा अन्य पुस्तक प्रकाशित भएका छन् ।

एक सयभन्दा बढी कृति उनले नेपाली वाङ्मय र भाषाकै विषयमा लेखेका थिए । उनका कृतिमा ‘खस जातिको इतिहास’, ‘पाँच सय वर्ष’, ‘नेपाली–अङ्ग्रेजी–नेपाली शब्दकोश’ प्रसिद्ध छन् ।

उनलाई रुपावासी, वसन्त, वत्सल, इसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिलो, हिमालपाने बराल लगायतका उपनामले पनि नेपाली साहित्यमा चिनिन्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १० : ३६ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि