भूकम्पले क्षति पुगेका ४० हजार घरको पुनःनिर्माण « Khabarhub

भूकम्पले क्षति पुगेका ४० हजार घरको पुनःनिर्माण


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेत्रावती– नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ ।

जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार फागुन दोस्रो सातासम्म ४० हजार ३१२ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदानमा घर पुनःनिर्माण गरेका छन् । पीडितलाई घर पुनःनिर्माणका लागि सरकारी तथा सरकारबाट अनुमति लिएका सङ्घसंसथाले तीन चरणमा रु तीन लाख अनुदान उपलब्ध गराएका छन् ।

विसं २०७२ वैशाख १२ को विनासकारी भूकम्पले नुवाकोटमा ७६ हजार ४१६ घरमा पूर्ण क्षति पुगेको सरकारी तथ्याङ्क छ । तीमध्ये हालसम्म ५२.७५ प्रतिशत लाभग्राहीले नयाँ घर निर्माण गरिसकेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख विकी लाखाले जानकारी दिए ।

उनका अनुसार आधाभन्दा बढी लाभग्राहीले सरकारी अनुदान लिएर बनाएको भूकम्प प्रतिरोधात्मक भवनमा बसोबास गर्न थालिसकेका छन् । भूकम्पपीडितमध्ये ६२ हजार ८५२ लाभग्राही (८२.२५ प्रतिशत) ले आवास निर्माणको जग बसालेर अनुदानको दोस्रो किस्ता रकम लिई घर निर्माणलाई अन्तिम चरणमा पुर्‍याएका छन् ।

कूल लाभग्राहीमध्ये ७१ हजार ५२२ लाभग्राहीले घर निर्माणका लागि भूकम्पप्रतिरोधी आवास बनाउन सम्झौता गरेर पहिलो किस्ता रकम लिएको कार्यालय प्रमुख लाखाले जानकारी दिए । “घर निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता लिने अधिकांशले पुनःनिर्माण थालिसकेका छन्”, उनले भने, “केहीले बनाउन बाँकी छ, तिनीहरूका लागि ताकेता भइरहेकाले तोकिएको समयमा पुनःनिर्माण सम्पन्न गराउन सक्ने आशा जगाएको छ ।”

सरकारले भूकम्पपीडित लाभग्राहीलाई आवास पुनःनिर्माणका लागि तोकिएको मापदण्डअनुसार घर बनाउँदा पहिलो किस्तावापत रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र अन्तिम तथा तेस्रो किस्ता रु एक लाख गरेर तीन चरणमा रु तीन लाख दिँदै आएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १२ : ०४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया