३ दिने खाद्य मेला सम्पन्न « Khabarhub

३ दिने खाद्य मेला सम्पन्न


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको ३ दिने खाद्य मेला आइतबार सम्पन्न भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजना तथा नेपाल खाद्य वैज्ञानिक तथा प्रविधि संघको सहआयोजनामा सम्पन्न मेलामा नेवारी, थारु, तामाङ्ग लगायत विभिन्न जाति, जनजातिका परम्परागत तथा स्थानीय खाना परिकारहरु प्रदर्शनीमा राखिएको थियो ।

मेशिनरी र खाद्य योगशिल परिरक्षी (प्रिजर्भेटिभ) सम्बन्धी व्यावसायिक संस्थाहरु लगायत विभिन्न संघसंस्थाका जानकारीमूलक स्टल, उद्योगहरुबाट उत्पादित खाद्य वस्तु, अचार अल्पप्रचलनमा रहेका खाद्यन्न, बेकरी चिप्स लगायतका गरी कुल ७५ स्टल राखिएका थिए ।

मेलामा पोषण अवस्था, मधुमेह तथा उच्च रक्तचाप समेत पहिचान गरी खानपान तथा परामर्श समेत दिइएको थियो ।

मेलामा खाने बानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषणसम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत गरेको आयोजकले जनाएको छ ।

साथमा विभिन्न जाति जनजातिको परम्परागत संस्कृति झल्काउने झाँकी तथा मनोरञ्जनात्मक साँस्कृति कार्यक्रमको व्यवस्था गरिएको थियो ।
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि भन्दै काठमाडौं लगायत बाहिरी जिल्लामा पनि खाद्य मेला सञ्चालन गर्दै आइरहेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । ‘मेलाको अनुभवका आधारमा सर्वसाधरणहरु अत्याधिक मात्रामा लाभान्वित प्रभावकारी भएको पाइन्छ,’ वस्तीले भने ।

मेलामा खाद्य प्रविधि तथा होटल व्यवस्थापन विषय अध्ययन–अध्यापन गराउने विभिन्न शिक्षण संस्थाहरुको समेत सहभागिता रहेको थियो । ३ दिने मेला अवधीभर करिब ७ हजार मानिसले अवलोकन गरेका आयोजकको भनाइ छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ४ : ४२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया