अख्तियारको अनुसन्धान दायरामा राजनारायण पाठक « Khabarhub

अख्तियारको अनुसन्धान दायरामा राजनारायण पाठक


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घुस विवादमा परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकमाथि छानबिन शुरु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै पाठकमाथि अनुसन्धान थालेको हो । पाठकमाथि अनुसन्धानका लागि ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले पाठकमाथि अनुसन्धान गर्न ३ सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन् । आइबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वैठकमा उपस्थित भएका घिमिरेले आयोगका वरिष्ठ सहसचिवको संयोजकत्वमा ३ जना सम्मेलित समिति गठन गरेर पाठकमाथि अनुसन्धान थालिएको बताए ।

‘पछिल्लो घटनाका सम्बन्धमा आयोगले वरिष्ठ सहसचिवको संयोजक्तवमा ३ जनाको अनुसन्धान समिति बनाएको छ,’ प्रमुख आयुक्त घिमिरेले भने, ‘समितिले अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ । केही दिन अगाडि मात्रै त्यसका केही प्रमाणहरु फेला परेका थिए । उक्त प्रमाणलाई स्क्रिप्टमा रुपान्तरण गर्ने काम भइरहेको छ ।’

प्रमुख आयुक्त घिमिरेले केही दिनमा नै पाठक प्रकरणबारे सार्थक परिणाम निस्किने घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ५ : २६ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई