प्रहरीका ९ जना एसएसपीको सरुवा « Khabarhub

प्रहरीका ९ जना एसएसपीको सरुवा


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ ।

गृह मन्त्रालयले मन्त्रीस्तरको निर्णयानुसार फागुन ६ गतेदेखि लागू हुनेगरी एसएसपीहरुको सरुवा गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट दिल्लीस्थित नेपाली दूताबास (कन्सुलर)मा सरुवा भएका एसएसपी विश्वराज पोखरेल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोमा सरुवा भएका छन् ।

यस्तै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयमा दरबन्दी रहेका राजेश कुमार लाल कर्ण संघीय प्रहरी इकाई कार्यालय लुम्बिनीमा सरुवा भएका छन् ।

तस्करीको साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएर केही समय निलम्बनमा परेका दिवेश लोहनी प्रहरी प्रधान कार्यालयअन्तर्गतको अपराध अनुसन्धान विभाग (वैदेशिक महाशाखा)मा सरुवा भएका छन् ।

महानगरीय अपराध महाशाखाको प्रमुख रहेका बेला सुन तस्करी प्रकरणमा मुछिएका लोहनी प्रहरी प्रधान कार्यालय तानिएका थिए । जिल्ला अदालत मोरङको आदेशानुसार केही समय मुद्दाको पुर्पक्षका लागि थुनामा बसेका लोहनी उच्च अदालत विराटनगरको आदेशानुसार थुनामुक्त भएका हुन् ।

विस्तृतमा हेर्नुहोस्, कसको कहाँँ सरुवा भयो ?

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ६ : ५३ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ