मौरिसससँग श्रम सम्झौता गर्न सरकारी ड्राफ्ट पठाइयो, वार्षिक २० हजार कामदार लैजाने « Khabarhub

मौरिसससँग श्रम सम्झौता गर्न सरकारी ड्राफ्ट पठाइयो, वार्षिक २० हजार कामदार लैजाने


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौरिसस सरकारलाई नेपालबाट कामदार आपूर्ति गर्न आग्रह गर्दै श्रम सम्झौताका लागि ड्राफ्टसहित प्रस्ताव पठाएको छ ।

मौरिससले भने गत असोजदेखि नै नेपालबाट सरकारीस्तरमा श्रम सम्झौता गरेर कामदार लिनका लागि प्रस्ताव पठाएको थियो । मौरिसस सरकारले धेरै अगाडिदेखि श्रम सम्झौता गरेर काम लिन नेपाल सरकारलाई अनौपचारिक प्रस्ताव गर्दै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक विभाग प्रमुख रामप्रसाद घिमिरे बताए ।

‘मौरिससले नेपालबाट श्रमिक आपूर्ति गर्ने इच्छा देखाएको थियो । त्यही भएर श्रम सम्झौताका लागि ड्राफ्ट मौरिससको सम्बन्धित निकायमा पठाएका छौं । पछिल्लो समय नेपाल सरकारले नेपाली रोजगारीमा गइरहेको देशसँग अनिवार्य श्रम सम्झौता गरेर यी देशमा रोजगारीका लागि पठाउने योजना लिएको छ’, उनले भने ।

श्रम सम्झौतापछि खाडी मुलुकबाहेक नयाँ गन्तव्यका रुपमा मौरिसस हुने श्रम मन्त्रालयको बुझाइ छ ।

नेपालका तर्फबाट गरिएको ड्राफ्टको जवाफ मौरिसले पठाएपछि श्रम सम्झौताका लागि आवश्यक विषयमा छलफल गरेर प्रक्रिया अघि बढाइने मन्त्रालयले जानकारी दिएको छ ।

२० हजार कामदार आपूर्ति

नेपालबाट मौरिससले वार्षिक २० हजार श्रमिक माग गर्नसक्ने सम्भावना रहेको श्रम मन्त्रालयले जनाएको छ ।

कुन–कुन क्षेत्रमा श्रमिक आपूर्ति गर्ने भन्ने विषयमा श्रम सम्झौतापछि मात्र टुङ्गो लाग्ने मन्त्रालयले बताएको छ । तर, मौरिससले नेपालबाट वार्षिक २० हजारसम्म श्रमिक लिने चाहाना राखेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालबाट विषेश गरी सेवा क्षेत्रमा कामदार लैजाने इच्छा मौरिससले देखाएको सहसचिव घिमिरेले बताए । सामुद्रिक टापुमा रहेका कारण मौरिससले वार्षिक रुपमा धेरै पर्यटक भित्र्याउँदै आएको छ ।

त्यसैले मौरिससले नेपाली कामदारलाई पर्यटन क्षेत्रमा काम गर्न लैजाने सम्भावना रहेको बताउँदै सहसचिव घिमिरेले भने,‘मौरिससमा अहिले पनि केही नेपालीहरु काम गर्न व्यक्तिगत भिसामा जाने गरेका छन् । राम्रो सेवा तथा सुविधा हुने भएकाले पछिल्लो समय धेरै नेपालीहरु त्यहाँ जान इच्छा देखाइरहेका छन् ।’

मौरिससमा विषेशगरी भारतीय मूलका नागरिकहरुको बसोबास छ । अफ्रिकाको नजिक र हिन्दमहासागर क्षेत्रमा पर्ने मौरिसस पर्यटनसँगै वित्तीय सेवा, यातायात, सूचना तथा सञ्चार लगायतका क्षेत्रमा पनि अघि छ ।

पछिल्लो समय नेपाल सरकारले नेपाली कामदारका लागि नयाँ रोजगार गन्तव्य मुलुक खोजी गरिरहेको अवस्थामा मौरिसससँगको यो प्रयास सफल भएमा नेपाली कामदारका लागि रोजगारीको नयाँ विकल्प सिर्जना हुनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ८ : ०० बजे

पदभार ग्रहण गर्दै महान्यायाधिवक्ता कँडेलले भने- कानुनको सीमाभित्र रहेर काम गर्छु 

काठमाडौं– नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पदभार ग्रहण गरेका छन्

रास्वपा महामन्त्री बुर्लाकोटीलाई प्रश्न : सय बुँदे वाचापत्र कसरी कार्यान्वयन हुन्छ ?

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पार्टीले

रत्ननगरले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने

चितवन– रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट