बाङ्लादेशमा विमान अपहरणको प्रयास « Khabarhub

बाङ्लादेशमा विमान अपहरणको प्रयास


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बाङ्लादेशमा विमान अपहरणको प्रयास भएको छ । राजधानी ढाकाबाट चटगाउँ उडेको विमान अपहरणको प्रयास भएको हो ।

शुरुमा ढाकाबाट चटगाउँ र त्यहाँबाट दुबईका लागि उड्न लागेको बाङ्लादेशको ध्वजावाहक विमान एअरलाइन्सको विमान अपहरणको प्रयास भएको हो ।

विमानमा सवार यात्रुले हतियार देखाएपछि विमानमासँगै यात्रा गरिरहेका अर्का यात्रुले सुरक्षा अधिकारीलाई घटनाबारे जानकारी गराएका थिए ।

घटनाबारे जानकारी पाइसकेपछि अधिकारीले चटगाउँमा विमान ओर्लिनेवित्तिकै विमानबाट यात्रुलाई सुरक्षित रुपमा बाहिर ल्याएका थिए ।

संगठित रुपमा विमान अपहरणको प्रयास नभएको र मानसिक रुपमा विक्षिप्त भएका मानिसबाट यस्तो घटना गराएको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : ५८ बजे

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका