चट्यांङ पर्दा कार्टुन फ्याक्ट्रीमा आगलागी « Khabarhub

चट्यांङ पर्दा कार्टुन फ्याक्ट्रीमा आगलागी


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको एक कागजको कार्टुन बनाउने फ्याक्ट्रीमा आगलागी भएको छ ।

कागजका कार्टुनहरु उत्पादन गर्ने भरतपुर महानगरपालिका–४ नारायणगढ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ प्रालिमा आगलागी भएको हो ।

चट्याङपछि कारखानामा आगोको मुस्लो देखिएको स्थानीयले बताएका छन् । कारखानाका सञ्चालक भद्रनारायण पियाले बिहान पौने तीन बजेतिर आगलागीको खबर पाएको जानकारी दिए ।

चट्याङकै कारण आगलागी भएको सञ्चालक पियाको अनुमान छ । आगोले उत्पादन भएका कार्टुनहरु र कार्टुन उत्पादन गर्न गोदाममा राखेका कागजका ठूल्ठूला रोलहरु सबै नष्ट भएको जनाइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिकाका दुईवटा र खैरहनी र कावासोती नगरपालिकाका एक एकवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ८ : ३८ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा