नयाँ नेतृत्वले श्रमिकको जीवन सुरक्षित बनाउन सक्नुपर्छ : मन्त्री विष्ट « Khabarhub

नयाँ नेतृत्वले श्रमिकको जीवन सुरक्षित बनाउन सक्नुपर्छ : मन्त्री विष्ट


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने सन्दर्भमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।

यस क्षेत्रको विकासमा सरकारसँग सहकार्य गर्न व्यवसायीलाई आग्रह गर्दै मन्त्री विष्टले भने, ‘श्रमिकको जीवनलाई मात्र सुरक्षित मर्यादित मात्र होइन, व्यवसायीको मान प्रतिष्ठालाई समेत समाजमा थप सुधार गर्ने तहमा भूमिका निर्वाह गर्न आगामी नेतृत्वले भूमिका खेल्न सकोस् ।’

वैदेसिक रोजगार व्यवसायी संघको २७ औं साधारणसभामा बोल्दै मन्त्री विष्टले व्यवसायीको समस्या पनि सुनौला, आम जनताको समस्या पनि सरकारले सुन्नै पर्ने बताए ।  रोजगारीका खोजीमा लाखौँ युवा बाहिरिएका छन् ती युवाको जीवन सुरक्षित बनाउने काम सरकारले गर्नुपर्दछ ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेको सन्दर्भ पेश गर्दै उनले आप्रवासन क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यातिद बनाउन जरुरी रहेको बताए ।

व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेको प्रष्ट पार्दै उनले सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १ : २६ बजे

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ