मलेसियामा नेपाली कामदारलाई मरणासन्न हुने गरी कुटपिट | Khabarhub Khabarhub

मलेसियामा नेपाली कामदारलाई मरणासन्न हुने गरी कुटपिट


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपालीलाई कम्पनीका म्यानेजरले मरणासन्न हुने गरी कुटेका छन् ।

मलेसियाको जोरबारुस्थित फरेस्ट सिटी काउन्टी गार्डेनमा सुरक्षागार्डको रुपमा कार्यरत भोजपुर, नेपालडाँडा घर भएका मोहनचन्द्र थापामाथि कुटपिट भएको हो ।

कम्पनीका वाङ नाम गरेका म्यानेजरले उनलाई मरणासन्न हुने गरी कुटेको सोही कम्पनीमा कार्यरत थापाका काका अमरसिंह थापाले जानकारी दिए ।

बिरामी भइ कोठामा सुतेका थापालाई ड्युटीमा नगएको आरोपमा कुटपिट गरिएको उनका काकाले बताए । मादक पदार्थ सेवनको आरोप लगाउन कुटपिटपछि उनको शरीरमा रक्सी खनाइएको पनि उनले जानकारी दिए ।

कुटपिटको घटना बाहिर जान नदिन कम्पनीमा कार्यरत नेपालीहरुलाई कोठामा बन्धक बनाइएको छ । उनले भने, ‘हामीलाई बन्धक बनाएर राखिएको छ । साथमा रहेको मोबाइल पनि कब्जामा लिइएको छ ।’

घटना चार दिन अघि भएको हो । मोबाइल फोन खोसिएको तथा बन्धक बनाइएकाले घटनाबारे जानकारी ढिला आएको हो ।

पीडितका काका थापाले कम्पनीमा कार्यरत कर्मचारीको सहयोगमा जंगलबाट लुकेर नेपालस्थित आफन्त कृष्ण मगरलाई घटनाबारे जानकारी दिएका थिए । मगरले खबरहबलाई घटनाबारे जानकारी दिएका हुन् ।

घटनाबारे जानकारी मलेसियास्थित दूतावाससम्म पुग्न सकेको छैन । पीडितहरुले नेपाल सरकारसँग उद्दारका लागि सहयोग मागेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ८ : ४७ बजे

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल