चट्याङ लागेर १५ भेडा मरे « Khabarhub

चट्याङ लागेर १५ भेडा मरे


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको जानकी गाउँपालिका–९ कटासेमा वर्षासँगै मंगलबार परेको चट्याङ लागेर १५ भेडा मरेका छन् ।

पानी पर्न थालेपछि साजको रुखमा ओत लागेको अवस्थामा सोही रुखमा चट्याङ खस्दा भेडाहरु मरेको अमरावती प्रहरी चौकीले जानकारी दिएको छ ।

जानकी गाउँपालिका–९ बक्लौवा शिविरका विपतराम चौधरीका भेडा जङ्गलमा चराउन लगिएको र पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा भेडा ओत लागेका थिए ।

भेडा पालेर जीविका चलाएको चौधरीको परिवार सबै भेडा मरेपछि दुःखित छ । “व्यवसाय तथा व्यापारका नामामा यही भेडा पालन गरेको थिएँ”, विपतरामले भने, ‘‘म त बर्बाद भएँ, यही भेडाबाट मेरो घर चलेको थियो ।’’

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ९ : १२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले