सिरहाको एक पेट्रोल पम्पमा सिलबन्दी « Khabarhub

सिरहाको एक पेट्रोल पम्पमा सिलबन्दी


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– नाप तौल तथा गुणस्तरीय कार्यालय विराटनगरबाट खटिएको अनुगमन टोलीले सिरहाको महत्तो फ्युल सेन्टरमा तालाबन्दी गरेको छ ।

विसनपुर गाउँपालिका–५ स्थित लक्ष्मीपुरमा सञ्चालित सो पेट्रोलपम्पले पेट्रोल कमबेसी गर्ने मेशिनको सिल बिगारी पेट्रोल र डिजेलको डिस्प्ले बिगारेर डिजेल बिक्री गरिरहेको अवस्थामा टोलीले जाँच गर्ने क्रममा फेला पारी सिलबन्दी गरेको नाप तौल तथा गुणस्तरीय कार्यालयका प्रमुख शम्भू झाले जानकारी दिए ।

उनका अनुसार सो पेट्रोल पम्पले पाँच लिटर पेट्रोलमा १०० मिलि र पाँच लिटर डिजेलमा १४० मिलि कम बिक्री गर्ने गरेको अनुगमन टोलीले फेला पारेको थियो । स्टण्डर्ड नाप तौल ऐन–२०२५ को दफा ३ बमोजिम यसरी मेशिन बिगारी कम परिमाणमा बिक्री गर्ने पम्प सञ्चालकलाई तीन वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग दाबी गर्दै कारवाही प्रक्रिया अगाडि बढाएको प्रमुख झाले बताए ।

टोलीमा जिल्ला प्रशासन कार्यालय सिरहाका कर्मचारी कमल आचार्य र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी हेमन्तविक्रम राणा पनि सम्मिलित भएका थिए ।

सो टोलीले सिरहा बजारका पिके राज पेट्रोल पम्प र सिरहाकै माडरस्थितका राधा नदीम पेट्रोल पम्पको अनुगमन गरी नाप जाँच गरेको थियो । सिलबन्दीमा परेका पेट्रोल पम्प सञ्चालकले तीन दिनभित्रमा नाप तौल तथा गुणस्तरीय कार्यालयमा हाजिर भई सो सम्बन्धमा जानकारी दिन पत्रचार पनि गरिसकेको प्रमुख झाले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : १४ बजे

ड्युटीका प्रहरी जवान लडेर चलेको गोलीले उदयपुरमा मतपेटिका छेडियो

काठमाडौं- उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा प्रहरीको हतियारबाट गोली चल्दा

निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने शेखरको दाबी

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेस

मतदानपछि रविले भावुक हुँदै भने – ‘गुड भाइव’ आएको छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो निर्वाचनको

प्रकाशचन्द्र लोहनीले गरे मतदान

काठमाडौं– प्रकाशचन्द्र लोहनीले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान गरेका छन्। लोहनीले लिखु

सुरक्षाकर्मी र कर्मचारीले पाएनन् मतदान गर्न : सहजीकरण भइरहेको आयोगको भनाइ

काठमाडौँ – आज प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ। हरेक मतदातालाई