तिहारमा गतवर्षको भन्दा आठ लाख रुपैयाँ बढीको फूलको माला माग | Khabarhub Khabarhub

तिहारमा गतवर्षको भन्दा आठ लाख रुपैयाँ बढीको फूलको माला माग


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ ।

बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ ।

यस वर्षको तिहारमा खपत हुने मालामध्ये दुई लाख ५० हजार माला मात्रै भारतबाट ल्याउने र बाँकी अन्य सबै स्वदेशी उत्पादनले नै पुग्नेछ । अघिल्ला वर्षको तुलनामा यस वर्ष ठिक समयमा तिहार परेको छ । जसका कारण स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुन् ।

यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म बढी तिर्नुपर्ने देखिन्छ । गत वर्ष रु ५० देखि ६० भन्दा बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउनुभयो । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरे पनि माग बढेकाले केही माला भारतबाट ल्याउनुपर्ने अवस्था रहेको हो ।

तिहारमा मात्रै रु १५ करोड फूलको कारोवार हुने गरेको छ । “यसपटकको तिहारमा भारतबाट अत्यन्तै थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला केही आयात गर्नुपरेको छ”, श्रेष्ठले भने, “अहिले स्वदेशमै ९३ प्रतिशत फूल उत्पादन हुन थालेकाले सात प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

६० प्रतिशत माला खपत

काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ । स्वदेश र विदेशमा गरी वार्षिक रु दुई अर्ब ४२ करोडको फूलको कारोवार भएको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडवाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्टे«लिया र मलेशियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको व्यवसायिक खेती गर्दै आएका छन् ।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । मुख्यगरी काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १० : १५ बजे

भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न आयोग गठन हुँदैछ : रवि लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला

फ्रान्सको निर्वाचनमा ले पेनको दल आगाडि, राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा

एजेन्सी– फ्रान्समा पहिलो चरणको विधायिकी निर्वाचनमा विजय हासिल गरेपछि फ्रान्सको

अग्रजहरूको अनुभव नयाँ पिँढीलाई आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदहरुको अनुभव र क्षमता नयाँ

राजनीतिक दलबीच भएको छलफललाई सत्तासँगमात्रै जोडेर नहेरौँ : सांसद सापकोटा

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिक दलबीच भएको

मेयर-वडाअध्यक्ष टकराव : अन्योलमा काठमाडौंको नीति तथा कार्यक्रम र बजेट

काठमाडौं–काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा