गीतमा प्रयोग भएका अपशब्दका कारण भिटेन पक्राउ–प्रहरी « Khabarhub

गीतमा प्रयोग भएका अपशब्दका कारण भिटेन पक्राउ–प्रहरी


७ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित र्‍यापर भिटेन (समीर घिसिङ) लाई ‘हामी यस्तै त हो नि ब्रो’ बोलको र्‍याप गीतमा प्रयोग गरिएका शब्दलाई लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भिटेनलाई बिहीबार (आज) महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सशकुल थापाले गीतमा प्रयोग भएका शब्दका कारण पक्राउ गरिएको बताए ।

‘धेरै अपराध छ, गीतमा गाँजा खाएर मस्ती हुन्छु, रक्सी पिएर प्रहरीको चौकीमा मस्ती गर्छु जस्ता शब्द प्रयोग गरिएको छ,’ एसएसपी थापाले खबरहबसँग भने, ‘थाइल्याण्डमा माल हान्छु भन्ने शब्द अपाच्य हो ।’

एसएसपी थापाका अनुसार  र्‍यापर भिटेनले सामाजिक सञ्जाल फेसबूकमा असईले चुरोट तानिरहेको तस्वीर अपलोड गरेका कारण पक्राउ गरिएको हो ।

भिटेनले असईको तस्वीर अपलोड गरेका छन् । उक्त तस्वीरमा उनले चुरोट तानिरहेको देखाइएको छ । यसैलाई आधार बनाउँदै प्रहरीले भिटेनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहिबार  १२ : ०० बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको