स्काभेटर पल्टिदा एकको मृत्यु « Khabarhub

स्काभेटर पल्टिदा एकको मृत्यु


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व- जेसिबी स्काभेटर पल्टिदा रुकुम(पूर्व) मा एक जनाको मृत्यु भएको छ । भुमे गाउँपालिका–२ को सैपातुन भन्ने ठाउँमा स्काभेटर सडकबाट २७ मिटर तल खोलामा खस्दा त्यसका चालक सोही गाउँपालिका–२ काँक्रीका अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो ।

बिहीबार बिहान उक्त गाउँपालिकाको रा १ २९ ग नम्बरको स्काभेटर खाबाङ बगरबाट लुकुम जाने क्रममा मध्यपहाडी लोकमार्गको सैपातुन भन्ने ठाउँमा पल्टिदा त्यसका चालक बुढाको हात खुट्टा मात्र बाहिर देखिएको र अन्य भाग त्यसकै टायरले कुल्चिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।

अर्को डोजर लगेर बुढाको शव निकालिएको र शव परीक्षणका लागि रुकुमकोट जिल्ला अस्पतालमा लगिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १२ : ५६ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि