फिफा वरियतामा नेपाल ६ स्थान तल झर्‍यो « Khabarhub

फिफा वरियतामा नेपाल ६ स्थान तल झर्‍यो


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्व वरियतामा नेपाल ६ स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज (बिहिबार) सार्वजनीक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान तल झर्दै १ सय ६७ औँ स्थानमा पुगेको हो ।

विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोरेको नेपालको वरियतामा समेत भारी गिरावट आएको छ ।

पछिल्लो खेलमा नेपाल अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो ।

दक्षिण एसियाली फुटबलमा नेपालभन्दा माथिल्लो वरियतामा रहेको माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५४ औँ स्थानमा छ । यस्तै भारत दुई स्थान तल गर्दै १ सय ६ औँ स्थानमा छ ।

नेपाल भन्दा तल्लो वरियतामा रहेको बंगलादेशले तीन स्थान सुधार गर्दै १ सय ८४ औँ स्थानमा छ । बंगलादेशले पछिल्लो खेलमा वरियतामा माथि रहेको भारतलाई बराबरीमा रोक्न सफल भएको थियो ।

भुटान चार स्थान तल झर्दै १ सय ८९ औँ स्थान, पाकिस्तान दुई स्थान सुधार गर्दै २ सय १ औँ स्थान र श्रीलंका एक स्थान तल झर्दै २ सय ३ औँ स्थानमा छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । यस्तै दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा ब्राजिल र चौथो स्थानमा ईङ्ल्याण्ड यथावत रहेका छन् । उरुग्वेले एक स्थान सुधार गर्दै शीर्ष पाँच भित्र पर्न सफल भएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  २ : ५५ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात