फिफा वरियतामा नेपाल ६ स्थान तल झर्‍यो | Khabarhub Khabarhub

फिफा वरियतामा नेपाल ६ स्थान तल झर्‍यो


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्व वरियतामा नेपाल ६ स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज (बिहिबार) सार्वजनीक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान तल झर्दै १ सय ६७ औँ स्थानमा पुगेको हो ।

विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोरेको नेपालको वरियतामा समेत भारी गिरावट आएको छ ।

पछिल्लो खेलमा नेपाल अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो ।

दक्षिण एसियाली फुटबलमा नेपालभन्दा माथिल्लो वरियतामा रहेको माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५४ औँ स्थानमा छ । यस्तै भारत दुई स्थान तल गर्दै १ सय ६ औँ स्थानमा छ ।

नेपाल भन्दा तल्लो वरियतामा रहेको बंगलादेशले तीन स्थान सुधार गर्दै १ सय ८४ औँ स्थानमा छ । बंगलादेशले पछिल्लो खेलमा वरियतामा माथि रहेको भारतलाई बराबरीमा रोक्न सफल भएको थियो ।

भुटान चार स्थान तल झर्दै १ सय ८९ औँ स्थान, पाकिस्तान दुई स्थान सुधार गर्दै २ सय १ औँ स्थान र श्रीलंका एक स्थान तल झर्दै २ सय ३ औँ स्थानमा छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । यस्तै दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा ब्राजिल र चौथो स्थानमा ईङ्ल्याण्ड यथावत रहेका छन् । उरुग्वेले एक स्थान सुधार गर्दै शीर्ष पाँच भित्र पर्न सफल भएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  २ : ५५ बजे

रामपुरका आगलागीपीडित परिवारलाई आर्थिक सहयोग

रामपुर– पाल्पा रामपुरका आगलागीपीडित नौ परिवारलाई आर्थिक सहयोग गरिएको छ

लामो समयपछि पानी पर्दा सर्वसाधारणलाई राहत

सुदूरपश्चिम– लामो समयपछि कैलालीसहितका जिल्लामा आज भएको वर्षाले चर्को गर्मीसँगै

रातो मछिन्द्रनाथको रथ तान्न सुरू (तस्बिरहरु)

ललितपुर– वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न

एकीकृत समाजवादी बैठक : महाधिवेशनमा पेश हुने दस्तावेज प्रस्तुत

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेश हुने

डा. गोविन्द केसी २२औं आमरण अनशनमा, यो पटक प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं – हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले २२औं आमरण अनशन