चितवन राइनोजले जित्यो डब्लुसीएलको उपाधि « Khabarhub

चितवन राइनोजले जित्यो डब्लुसीएलको उपाधि


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) को उपाधि जितेको छ ।

बिहीबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको छ ।

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको ११३ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौं १० ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । काठमाडौंका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन जोडिन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो । चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् ।

यस्तै काजल श्रेष्ठले २१ तथा कन्चन श्रेष्ठले १९ रन जोडिन् । काठमाडौंकी संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले १/१ विकेट लिईन् ।

उपाधिसँगै चितवनले ७ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले ३ लाखमा चित्त बुझायो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ३ : ०५ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण