हृदयघात हुनुको कारण, लक्षण र बच्ने उपाय « Khabarhub

हृदयघात हुनुको कारण, लक्षण र बच्ने उपाय


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दैनिक जीवनशैलीमा भएको परिवर्तन र अव्यवस्थित खानपानले पछिल्लो समय धेरैजसो मानिसमा मुटुरोगको समस्या देखिन थालेको छ । र यो नै मानिसको मृत्युको पहिलो कारण बन्ने गरेको छ ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्दछ ।

मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्ने गरेका छन् । मुटुरोग भन्नाले धेरैजसो हृदयघात र हार्टफेललाई बुझ्ने गरिन्छ ।

हृदयघात विशेष गरी ४० वर्ष माथिका मानिसहरूमा देखा पर्दछ । तर गलत खानपान र शारीरिक ब्यायामको अभावमा आजकल युवा उमेरका मानिसमा पनि हृदयघातको समस्या देखिन थालेको छ ।

अव्यवस्थित जीवनशैलीको नतिजाले नै हृदयघात हुने गर्दछ । आधुनिक सभ्यता, व्यस्त जीवनशैली, महत्वकांक्षा, खानपान, कम्प्युटर, टेलिभिजनको अत्यधिक प्रयोग, मानसिक तनाव, व्यायामको कमी मुटुरोग हुनुको प्रमुख कारण हो ।

हृदयघातका लक्षण

छातीकोबीच भागमा अत्यधिक पीडा हुनु, परिश्रम गर्दा दम बढ्नु, खुट्टाहरू सुन्निनु, घाँटीको रक्तनली फुल्नु, देब्रे छातीतिर श्वास फेर्न गार्हो हुने, चिटचिट पसिना आउनु, वाकवाक लाग्नु हृदयघात हुनुअघिका लक्षणहरू हुन् । जसमध्ये एक तिहाई बिरामीको अस्पताल पुग्नभुन्दा अगाडि नै मृत्यु हुन्छ ।

हृदयघातबाट बच्ने उपाय

१. स्वस्थ भोजनको मात्र खानपान गर्ने, प्रशस्त फलफूल, हरियो सागसब्जी खाने ।

२. खानामा चिनी, नुन र चिल्लोको कम मात्र प्रयोग गर्ने ।

३. नियमित ३० मिनेट शारीरिक कसरत र व्यायाम गर्ने ।

४. धूम्पान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।

५. उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहको समस्यामा नियमित परीक्षण गर्ने ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ६ : ५८ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले