हृदयघात हुनुको कारण, लक्षण र बच्ने उपाय « Khabarhub

हृदयघात हुनुको कारण, लक्षण र बच्ने उपाय


७ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दैनिक जीवनशैलीमा भएको परिवर्तन र अव्यवस्थित खानपानले पछिल्लो समय धेरैजसो मानिसमा मुटुरोगको समस्या देखिन थालेको छ । र यो नै मानिसको मृत्युको पहिलो कारण बन्ने गरेको छ ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्दछ ।

मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्ने गरेका छन् । मुटुरोग भन्नाले धेरैजसो हृदयघात र हार्टफेललाई बुझ्ने गरिन्छ ।

हृदयघात विशेष गरी ४० वर्ष माथिका मानिसहरूमा देखा पर्दछ । तर गलत खानपान र शारीरिक ब्यायामको अभावमा आजकल युवा उमेरका मानिसमा पनि हृदयघातको समस्या देखिन थालेको छ ।

अव्यवस्थित जीवनशैलीको नतिजाले नै हृदयघात हुने गर्दछ । आधुनिक सभ्यता, व्यस्त जीवनशैली, महत्वकांक्षा, खानपान, कम्प्युटर, टेलिभिजनको अत्यधिक प्रयोग, मानसिक तनाव, व्यायामको कमी मुटुरोग हुनुको प्रमुख कारण हो ।

हृदयघातका लक्षण

छातीकोबीच भागमा अत्यधिक पीडा हुनु, परिश्रम गर्दा दम बढ्नु, खुट्टाहरू सुन्निनु, घाँटीको रक्तनली फुल्नु, देब्रे छातीतिर श्वास फेर्न गार्हो हुने, चिटचिट पसिना आउनु, वाकवाक लाग्नु हृदयघात हुनुअघिका लक्षणहरू हुन् । जसमध्ये एक तिहाई बिरामीको अस्पताल पुग्नभुन्दा अगाडि नै मृत्यु हुन्छ ।

हृदयघातबाट बच्ने उपाय

१. स्वस्थ भोजनको मात्र खानपान गर्ने, प्रशस्त फलफूल, हरियो सागसब्जी खाने ।

२. खानामा चिनी, नुन र चिल्लोको कम मात्र प्रयोग गर्ने ।

३. नियमित ३० मिनेट शारीरिक कसरत र व्यायाम गर्ने ।

४. धूम्पान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।

५. उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहको समस्यामा नियमित परीक्षण गर्ने ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहिबार  ६ : ५८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको