आलम प्रकरणः प्रत्यक्षदर्शी २५ जनासँग प्रहरीले लियो बयान « Khabarhub

आलम प्रकरणः प्रत्यक्षदर्शी २५ जनासँग प्रहरीले लियो बयान


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताव आलममाथि अनुसन्धान गरिरहेको प्रहरीले घटनाका दर्शीहरुसँग पनि बयान लिइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयले घटनाका प्रत्यक्षदर्शी भनिएका २५ जनासँग बयान लिएको जनाएको छ । बयान लिईएकामध्ये अधिकांशलाई घटनाको साक्षीका रुपमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खत्रीले अनुसन्धान अगाडि बढाई आवश्यकता अनुसार विभिन्न व्यक्तिहरुसँग सोधपुछ र वयान लिने कार्य भइरहेको जानकारी दिए । प्रहरीले बयान लिएकाहरुको नाम भने गोप्य राखेको छ ।

२०६४ साल चैत्र २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरराजपुर फरदवामा भएको बम बिस्फोटको मुख्य अभियुक्त मानिएका अफ्ताव आलम प्रहरीको हिरासतमा छन् भने किटानी जाहेरी परेका अन्य चार जना फरार छन् ।

यस घटनामा आलम सहित ५ जनामाथि किटानी जाहेरी परेको थियो । आलमसँगै आलमका भाई महताव आलम, शेख भदई, मोविन आलम र शेख सरजमाथि किटानी जाहेरी परेको थियो ।

उक्त विस्फोटमा करिब २० जना घाइते भएको प्रहरीको निस्कर्ष छ । बम बनाउँदै गर्दा बिस्फोट भएपछि मृतक तथा घाइतेलाई एउटा ट्याक्टरमा राखेर नजिकै रहेको आलमको भाञ्जाको इटाभट्टामा हालेर जिउँदै जलाइएको आलममाथि आरोप छ ।

प्रहरीले घटना देख्ने राजपुरका स्थानीय, घटनामा संलग्न केही व्यक्ति, ट्याक्टरका मालिक आदिसँग बयान लिइसकेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : ०८ बजे

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा– रूपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका

यौनकर्मीको कथामा आधारित फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो