अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उच्चतम मूल्यांकन हुनु गौरवः नेता नेपाल « Khabarhub

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उच्चतम मूल्यांकन हुनु गौरवः नेता नेपाल


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उच्चतम् मूल्याङ्कन हुनु समग्र नेपालीका लागि गौरवको विषय भएको बताएका छन् ।

नेपाल एप्रो एशियाली जन एकता सङ्गठनले विहीबार आयोजना गरेको ‘संयुक्त राष्ट्रसङ्घ र शान्ति मिसनमा नेपालको सहभागिता’ विषयक अन्तर्क्रियामा उनले संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनमा नेपालबाट खटिएका सुरक्षाकर्मीले देखाएको व्यावसायिकता र क्रियाशीलताले गर्दा सफलता कायम भएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

पूर्वरथी बालानन्द शर्माले संयुक्त राष्ट्रसङ्घको १७ वटा मिसनमध्ये १४ मिसनमा शान्ति स्थापनार्थ नेपाली सुरक्षाकर्मी खटिएको जानकारी दिए ।  कूटनीतिज्ञ जयराज आचार्यले संयुक्त राष्ट्रसङ्घको निर्देशनमा द्वन्द्वग्रस्त स्थानमा नेपाली सेना र प्रहरीले शान्ति स्थापनार्थ महत्वपूर्ण भूमिका निर्वाह गरेकाले नेपालको अन्तर्राष्ट्रिय तहमा राम्रो छवि रहेको बताए ।

सङ्गठनका अध्यक्ष हीरण्यलाल श्रेष्ठले सुडान र हैटीमा नेपाली सुरक्षाकर्मीले राम्रो प्रभाव पार्न नसकेको बताउँदै त्यसदेखि अन्य मुलुकमा राम्रो सफलता कायम गरेको बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ८ : ४५ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित