यसरी एचआईभीबाट मुक्त भए ‘लण्डन प्यासेन्ट’ « Khabarhub

यसरी एचआईभीबाट मुक्त भए ‘लण्डन प्यासेन्ट’


११ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतको राजधानी लण्डनका एकजना बिमारी एचआईभी भाइरसबाट मुक्त भएका छन् ।

स्टिम सेल उपचार पद्धतिबाट गरिएको उपचारबाट लण्डनका बिमारीलाई एचआईभी भाइरसबाट मुक्त गरिएको हो । ‘लण्डन प्यासेन्ट’ नाम दिइएका ती पुरुष बिरामीको पहिचान भने सार्वजनिक गरिएको छैन ।

बिरामीलाई सन् २००३ मा एचआईभी भाइरसको संक्रमण देखिएको थियो । पछि सन् २०१२ मा उनलाई रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउने हजकिन्स ल्याम्फोमा नामक क्यान्सर लागेको थियो ।

ल्याम्फोमा क्यान्सरको उपचारका लागि उनको केमोथेरापी गरिएको तथा एकजना दाताले दिएको हड्डीको मासी ‘बोनम्यारो’ प्रत्यारोपण गरिएको थियो । बोनम्यारो प्रत्यारोपणका बेला दाताको बोनम्यारोलाई स्टिम सेलको माध्यमबाट जेनेटिक उपचार गरिएको उपचारमा संलग्न डाक्टरहरुले जनाएका छन् ।

उनको उपचारमा क्याम्ब्रिज विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय, युनिभर्सिटी कलेज लण्डन तथा इम्पेरियल कलेज लण्डनका उच्चस्तरीय वैज्ञानिक तथा चिकित्सकहरु संलग्न रहेको नेचर नामक जर्नलले लेखेको छ ।

१० वर्षअघि बर्लिन प्यासेन्ट नाम दिइएका अर्का बिमारी एचआईभीबाट मुक्त भएको थिए । बर्लिन प्यासेन्टपछि एचआईभीबाट मुक्त हुने लण्डन प्यासेन्ट विश्वकै दोश्रो बिरामी हुन् ।

विगत डेढ वर्ष यता उनले एचआईभीविरुद्धको औषधी नलिएपनि उनको शरिरमा एचआईभी भाइरस पत्ता लाग्न छाडेको अनुसन्धानकर्ताले जनाएका छन् । यद्यपि उनी एचआईभीबाट शत प्रतिशत निको भएको भने भन्न नसकिने जनाइएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार  ४ : ५३ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना