हङकङ चुनाव– अधिकांश स्थानमा लोकतन्त्र पक्षधरहरुको जीत « Khabarhub

हङकङ चुनाव– अधिकांश स्थानमा लोकतन्त्र पक्षधरहरुको जीत


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–हङकङमा सम्पन्न जिल्ला परिसद्को चुनावमा लोकतन्त्र पक्षधरले अधिकांश स्थानमा जीत हात पारेका छन् ।

शनिवार सम्पन्न निर्वाचनको जारी मतगणना अनुसार लोकतन्त्र पक्षधरले ४५२ सीट मध्ये ३३३ सीट मा जीत हात पारेका छन् भने चिनियाँ  पक्षधरले ५२ सीटमा मात्र जीत हात पारेको रोयटर्सले जनाएको छ ।

स्थानीय समय अनुसार ८ बजेसम्मको नतिजा अनुसार लोकतन्त्र पक्षधर गणना हुन बाँकी स्थानमा पनि धेरै स्थानमा अगाडि छन् ।

चार वर्ष अघि भएको चुनावमा कुल सीटमध्ये १०० सीटमा मात्र लोकतन्त्र पक्षधर विजयी भएका थिए ।

शनिवार सम्पन्न भएको मतदानमा करिब ३० लाखले भोट गरे । यो ७१ प्रतिशत मतदान हो ।

सरकार विरोधी प्रदर्शन सुरु भएयता हङकङमा पहिलोपटक चुनाव भएको हो । ४५२ जिल्ला परिषद् पदका लागि १००० भन्दा बढी उम्मेदवार थिए ।

प्रजातन्त्र समर्थक विरोध समूहहरूले चीनको अर्ध स्वायत्त क्षेत्र हङकङमा मानिसहरूलाई आइतवारको स्थानीय चुनाव नबिथोल्न आग्रह गरेका थिए । चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।

पाँच महिना लामो राजनीतिक अस्थिरतापछि भएको चुनावले बेइजिङस्थित सरकारलाई सन्देश दिने उनीहरूले आशा राखेका छन् ।
प्रजातन्त्रवादी अभियानकर्ताहरू परिषद्‍मा आफ्नो प्रतिनिधित्व बढाउने आशा राखेका थिए । परिषद्ले प्रमुख कार्यकारी चयनमा परम्परागत रूपमा नै प्रभाव राख्दैआएको छ ।

४५२ जिल्ला परिषद् पदका लागि १००० भन्दा बढी उम्मेदवार छन् । र पहिलोपटक सबै पदहरूमा चुनाव हुँदैछ । ग्रामीण जिल्लाका लागि २७ सीट छुट्ट्याइएको थियो ।

हाल बेइजिङ समर्थकहरूले उक्त निकायको बहुमत सीट ओगटेका छन् । जिल्ला पार्षद्हरूसँग निकै कम शक्ति हुन्छ त्यसले चुनाव पनि असाध्यै स्थानीय तवरको हुने गर्छ।

तर यसपाली यो चुनावलाई भने लोकतन्त्रको पक्ष र विपक्षको रुपमा लिइएको थियो ।

जुन महिनामा सरकार विरोधी प्रदर्शन सुरु भएयता पहिलोपटक यस्तो चुनाव भएको हो । त्यसैले यसले वर्तमान सरकारसँग कति समर्थन छ भन्ने परीक्षण गर्ने समाचारहरुमा जनाइएको छ ।

हङकङ ब्यापटिष्ट विश्वविद्यालयका सह प्राध्यापक केनेथ चानले रोयटर्स समाचारसंस्थालाई भने, “हङकङका बासिन्दाले आफ्नो विचार व्यक्त गर्ने माध्यमका रूपमा यसलाई हेरेका छन् र त्यसले क्यारी ल्यामको सरकारबारे पनि मतदाताहरूको धारणा स्पष्ट पार्नेछ।”

हङकङको चुनाव प्रणाली बमोजिम ११७ जिल्ला पार्षद्हरू १२०० सदस्यीय समितिको सदस्य बन्नेछन् जसले अन्ततस् प्रमुख कार्यकारी चयन गर्नेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ७ : ०९ बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास