विमान मुख्य सहरको घरहरुमा ठोक्किँदा २४ जनाको मृत्यु « Khabarhub

विमान मुख्य सहरको घरहरुमा ठोक्किँदा २४ जनाको मृत्यु


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २४ जनाले ज्यान गुमाए छन् । उक्त विमान गोमा स्थित मुख्य सहरस्थित घरहरूमा ठोकिएको थियो ।

हताहत हुनेमा घर र त्यसवरपर रहेका मानिसहरू पनि छन् । अधिकारीहरूका अनुसार विमानमा १७ यात्रु र चालक दलका दुई सदस्य थिए । गोमाबाट उत्तरी क्षेत्रमा रहेको बेनीका लागि स्थानीय समय अनुसार विहान करिब ९ बजे उडेको ‘डोर्नियर–२२८’ विमानस्थलबाट ३५० किलोमिटर टाढा आवास क्षेत्रमा खसेको कङ्गोका अधिकारीहरूले पुष्टि गरेका छन् ।

विमान के कारण दुर्घटनामा परेको हो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन । तर केही स्रोतहरुले उड्नेबित्तिकै विमानको इन्जिनले काम गर्न छोडेको बताएका छन्।

घटनालगत्तै उद्धारकर्मी र स्थानीय बासिन्दाहरू दुर्घटनास्थलमा पुगेका थिए । विमान ठोकिएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन ।

सुरक्षासम्बन्धी मापदण्डमा आवश्यक ध्यान नपुऱ्याइएको लगायतका कारणले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हवाई दुर्घटना तुलनात्मक रूपमा धेरै हुने गरेको छ।

त्यसैले त्यहाँका व्यावसायिक विमानलाई युरोपेली सङ्घले प्रतिबन्ध लगाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ६ : २२ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण