७४० उम्मेदवारले अझै बुझाएनन् खर्च विवरण | Khabarhub Khabarhub

७४० उम्मेदवारले अझै बुझाएनन् खर्च विवरण


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङका ७४० उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन् । जिल्लामा स्थानीय तहका ७१०, प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २२ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ ले उम्मेदवारको निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ । त्यसलाई व्यवस्थित र पारदर्शी बनाउन निर्वाचन आचारसंहिता, २०७२ मा निर्वाचन खर्चसम्बन्धी आचारसंहिताको व्यवस्था गरिएको छ ।

निर्वाचन आयोग ऐनमा तोकिएको हदभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था छ । निर्वाचन ऐनमा निर्वाचनमा भाग लिने राजनीतिक दल वा उम्मेदवारले तोकिएको अधिकतम हदभन्दा बढी हुने गरी निर्वाचन खर्च गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख गरिए पनि जिल्लामा भएको खर्च विवरणबारे अझै निर्वाचन कार्यालयले जानकारी पाएको छैन ।

स्थानीय तहको निर्वाचनमा मात्रै दुई हजार ३८२ उम्मेदवार बनेका थिए । तीमध्ये ७१० उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन् ।

त्यस्तै प्रतिनिधिसभाका १३ र प्रदेशसभाका २२ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिकामा ४३६ उम्मेदवारमध्ये २७८ जनाले मात्रै खर्चको विवरण बुझाएका छन् । एक सय ५८ जनाले अझै खर्चको विवरण बुझाएका छैनन् । घोराही उपमहानगरपालिकामा ४४४ उम्मेदवारमध्ये ३२२ जनाले खर्चको विवरण बुझाए भने अझै १२२ जनाले बुझाएका छैनन् ।

यस्तै गढवा गाउँपालिकामा २३५ उम्मेदवार रहेकामा १८३ जनाले खर्चको विवरण बुझाएका छन् भने ५२ जनाको बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

दङ्गिशरण गाउँपालिकामा १५१ उम्मेदवारमध्ये ११५ जनाले विवरण बुझाए पनि ३६ जनाले बुझाएका छैनन् । बङ्गलाचुली गाउँपालिकामा १४५ उम्मेदवारमध्ये ८७ जनाले खर्चको विवरण बुझाएका छन् भने ५८ जनाले बुझाएका छैनन् ।

बबई गाउँपालिकाका १३७ उम्मेदवारमध्ये १२० जनाले विवरण बुझाए पनि १७ जनाको बाँकी रहेको कुँवरले बताए । राजपुर गाउँपालिकामा १७३ जनामध्ये ११६ जनाले खर्चको विवरण बुझाएका छन् भने ५७ जनाको बाँकी छ ।

यसैगरी राप्ती गाउँपालिकाका २५१ उम्मेदवारमध्ये १७६ जनाले विवरण बुझाए भने ७५ जना बाँकी छन् । लमही नगरपालिकामा २६५ उम्मेदवारमध्ये २०० जनाले खर्चको विवरण बुझाए भने ६५ जनाको बाँकी छ । शान्तिनगर गाउँपालिकाका १४५ उम्मेदवारमध्ये ७५ जनाले बुझाए भने ७० जनाको बाँकी छ ।

यसैगरी प्रतिनिधिसभा सदस्यका उम्मेदवारमध्ये परशुनारायण चौधरी, लिलाराम चौधरी, सुरेन्द्र चौधरी, गौरसिंह महर, रेखा केसी, बालाराम पौडेल, भोजबहादुर विश्वकर्मा, शेरबहादुर आलेमगर, हरिप्रसाद रिजाल, नरबहादुर वली, यादव भण्डारी, बालकृष्ण शर्मा र हिमलाल चौधरीले अझै पनि निर्वाचनको खर्च विवरण नबुझाएको कुँवरले बताए ।

प्रदेशसभा सदस्यका उम्मेदवारमध्ये रनबहादुर यादव, चूडामणि चौधरी, सविता जिसी, किरणकुमार बुढाथोकी, कृष्णबहादुर क्षेत्री, दिकपाल योगी, भक्तबहादुर घर्तीमगर, सोमराज रैदास, कपिलदेव पोखे्रल, बमबहादुर बुढामगर, विश्नाथ ज्ञवाली, शालिकराम नेपाली, बुद्धिमान चौधरी, जीबहादुर वली, सीताराम रेग्मी, सन्तोष कवर योगी, प्रेमबहादुर शाह, लिला पहाडी, लिलाधर खड्का, रुद्रबहादुर केसी, धनराज विश्वकर्मा र टोपबहादुर डाँगीले खर्चको विवरण बुझाएका छैनन् । “हामीले सबै विवरण निर्वाचन आयोगमा पठाइसकेका छौँ”, उनले भने । दाङमा तीन निर्वाचन क्षेत्र र १० स्थानीय तहमा १०० वडा छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १० : ०६ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी