लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित « Khabarhub

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन् । मंसिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित भएका हुन् ।

आइतबार राति सम्पन्न मतगणनामा बिजीले ५८४ मत पाउँदा खत्रीले ५४५ मत पाए । कोषाध्यक्षमा राजु ढकालले ७३७ मत ल्याएर विजयी भए भने तारापती सुवेदीले ३७२ मत पाएका थिए । सहकोषाध्यक्षमा ईश्वरीप्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले, खुला सचिवमा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, वसन्त थापा र पुष्कल शर्मा विजयी भएका छन् ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितीय उपाध्यक्षमा रामजी खाँड, महिला उपाध्यक्षमा राधिका हमाल, महासचिवमा सुवास केसी, उपमहासचिवमा शङ्कर विसी र शिव हमाल, साङ्गठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्ष महिलातर्फ पूर्णकला बिसी निर्विरोध चयन भएका छन् ।

केन्द्रीय सदस्य महिलातर्फ सम्झना लामिछाने मगर, जानकी तरामी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुङ्गेली मगर, सरला पाण्डे र सीता राना निर्वाचित भएका महाधिवेशन आयोजक समितिका सहसंयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।

यस्तै, खुला केन्द्रीय सदस्यमा देवी घर्ती, पिएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर निर्वाचित भए ।

केन्द्रीय सदस्यमा गण्डकीतर्फ तारानाथ आचार्य तथा सुदूरपश्चिमतर्फ नवीन धामी विजयी भए । केन्द्रीय सदस्य विदेश शाखामा रामकृष्ण बम मल्ल र दुर्गा पङ्गेनी विजयी भए । महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १० : ५६ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज