झन्डै ५ वर्षपछि दशरथ रंगशाला फर्किदै फुटबल « Khabarhub

झन्डै ५ वर्षपछि दशरथ रंगशाला फर्किदै फुटबल


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा रहेको पुरुष फुटबल टोलीले आज (सोमबार) दशरथ रंगशलामा अभ्यास गर्दैछ ।

झण्डै ५ बर्षभन्दा लामो समय नेपाली फुटबलको मन्दिरका रुपमा रहेको दशरथ रंगशालाबाट टाढिएको फुटबल सोमबार रंगशाला फर्किँदैछ ।

सागको अभ्यासमा रहेको नेपाली यु–२३ टोलीले आज रंगशालामा अभ्यास गर्न लागेपछि रंगशालामा पुन: फुटबल फर्किन लागेको हो ।

सोमबार दिउँसो २ बजेदेखि ३ बजेसम्म दशरथ रंगशालामा नेपाली टोलीले प्रशिक्षण गर्ने तालिका रहेको मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बताएका छन् ।

मर्मत सम्भारको क्रममा रहेको रंगशालालाई २०७२ सालको विनाशकारी भुकम्पले क्षतिग्रस्त बनाएपछि नेपाली फुटबलरका लागि दशरथ रंगशाला बिरानो बन्दै गएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १२ : ०७ बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो