कार्यभार सम्हाल्दै उपेन्द्र यादवले भने– प्रधानमन्त्रीले माया गरेर कानून मन्त्रालय दिनुभयो « Khabarhub

कार्यभार सम्हाल्दै उपेन्द्र यादवले भने– प्रधानमन्त्रीले माया गरेर कानून मन्त्रालय दिनुभयो


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिम्मेवारी हेरफेर गरिएको करिब एक साता पछि उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको पदभार ग्रहण गरेका छन् ।

मन्त्री यादवले सोमबार संकानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पुगेर मन्त्रीको कार्यभार सम्हालेका हुन् ।

कार्यभार सम्हाल्दै यादवले संविधान संशोधनका लागि भएको सहमति कार्यान्वयन गर्ने समय आएको समेत बताए ।

‘संविधान संशोधन राजनीतिक विषय हो, हामीले यसअघि नै सहमति गरिसकेका छौँ, अब कार्यान्वयन गर्ने बेला आएको छ,’ मन्त्री यादवले भने ।

मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धेरै मन्त्रालयको अनुभव होस् भन्ने उद्देश्यले कानून मन्त्रालयमा पठाएको हुनाले काम गरेर देखाउने पनि बताए ।

उनले भने, ‘मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हो, हेरफेर गर्न सक्नुहुन्छ, मलाई अलि बढी नै माया गरेर पनि यो मन्त्रालय दिएको हुन सक्छ ।’

समाजवादी पार्टीका अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले यही मंसिर ४ गते मन्त्रिपरिषद् पुनःगठन गर्दा उनलाई स्वास्थ्य तथा जनसङ्ख्याबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका थिए । मन्त्री यादव सोमबार निजी सवारी साधन प्रयोग गरेर मन्त्रालयमा आइपुगेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ३ : ३० बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा