जग्गाको नक्सा बनाउन घुस दिने र घुस लिने दुवै जना पक्राउ « Khabarhub

जग्गाको नक्सा बनाउन घुस दिने र घुस लिने दुवै जना पक्राउ


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका–७ साँखुस्थित नापी कार्यालयका अमिन ४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सेवाग्राही ज्ञानबहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाएवापत लिएको ४ हजार घुससहित अमिन सुशील बुढाथोकी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले बुढाथोकीलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले बुढाथोकीलाई घुस दिने जग्गाधनी कार्कीलाई समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ४ : १४ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र