मेडिकल कलेज सञ्चालकलाई पक्राउ गरेर मुद्दा चलाउन डा केसीको माग « Khabarhub

मेडिकल कलेज सञ्चालकलाई पक्राउ गरेर मुद्दा चलाउन डा केसीको माग


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले मेडिकल कलेजहरु राष्ट्रियकरणको प्रक्रिया शुरु गर्न सरकासँग माग गरेका छन् ।

डा केसीले सोमबार एक विज्ञप्ती जारी गर्दै मेडिकल कलेजहरुले विद्यार्थीसँग अवैध रुपमा शुल्क लिएको र सरकारले अल्टिमेटम दिँदा समेत शुल्क फिर्ता नगरेको भन्दै मेडिकल कलेजहरु राष्ट्रियकरण गर्न माग गरेका हुन् ।

सरकारले दिएको पछिल्लो अल्टिमेटम सकिँदा पनि शुल्क फिर्ता नभएको भन्दै डा केसीले ठगी गर्नेहरुलाई तत्काल पक्राउ गरेर फौजदारी मुद्दा चलाउन समेत माग गरेका छन् ।

डा केसीले सरकारले प्रधानमन्त्री केपीशर्मा ओलीलाई आफैंले सार्वजनिक रुपमा ठगी गर्नेलाई कारबाही गर्ने बताए पनि ठगी गर्ने नाइकेहरु आफ्नै पार्टी भित्रका नेता र हितैषी भएकोले प्रधानमन्त्री ओलीले केही गर्न नसकेको आरोप समेत लगाएका छन् ।

‘प्रधानमन्त्री ओली आफैंले सार्वजनिक रुपमा ठगी गर्नेलाई कारवाही गर्ने भने पनि ठगहरुका नाइके उनकै पार्टीका नेता तथा हितैषी भएका कारण केही गर्न सकेका छैनन् । प्रधानमन्त्रीको संरक्षण प्राप्त अपराधीहरुले शुल्क फिर्ता गर्ने मात्र हैन विद्यार्थीलाई अमानवीय यातना र धम्की दिइरहेका छन्,’ डा केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

डा केसीले आफ्नो सत्याग्रह स्थगत मात्र गरेको भन्दै विद्यार्थीसँग लिएको अवैध शुल्क फिर्ता हुनुपर्ने लगायतका आफ्ना सम्पूर्ण मागहरु पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ४ : २९ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को