हल नेपाली, फिल्म विदेशी ! « Khabarhub

हल नेपाली, फिल्म विदेशी !


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो वर्ष केही फिल्मले बाहेक अरु फिल्मले बक्स अफिसमा खासै व्यापार गर्न सकेनन् । ‘कबड्डी ३’, ‘छ माया छपक्कै’, ‘जात्रै जात्रा’, ‘दाल भात तरकारी’ लगायत केही फिल्मले व्यावसायिक सफलता हात पारे । तर, अरु फिल्मले खासै राम्रो व्यापार गर्न सकेनन् ।

यतिबेला नेपालमा झण्डै आधा दर्जन फिल्म रिलिज भइरहेका छन् । तीमध्ये नेपाली फिल्म ‘चच हुई’ मात्र मल्टिप्लेक्स हलमा रिलिज भएको छ । अन्य सबै फिल्म विदेशी फिल्म प्रदर्शनमा छन् ।

हाल दुई हिन्दी फिल्म र तीन हलिउड फिल्म नेपालमा रिलिज भएका छन् । शो का हिसाबले हिन्दी फिल्म ‘पागलपन्ती’ र हलिउड फिल्म ‘फ्रजेन २’ ले उच्च शो पाएका छन् । नेपाली फिल्म ‘चच हुई’ ले भने कम शो मा चित्त बुझाउनुपरेको छ ।

त्यसो त नेपालमा निर्माण हुने फिल्म नै कामचलाउ बन्दा विदेशी फिल्मलाई नेपाली बजारमा कमाइ गर्न सहज बनेको छ ।

नेपाली फिल्ममेकरले दर्शकको चाहना बमोजिम फिल्म पनि बनाउन नसक्ने र विदेशी फिल्म चलेकोमा पनि आपत्ति प्रकट गर्ने प्रवृत्ति बढ्दो छ ।

एकदमै कम फिल्मले बाहेक अरु फिल्मले राम्रा भनिएका मल्टिप्लेक्स हलमा धेरै शो नपाएको गुनासो गर्ने गरेका छन् । तर, अब नेपाली मेकरले विदेशी फिल्मले कमाएको मात्र नहेरेर नेपाली फिल्मको स्तरीयतामा पनि ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ५ : ०० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया