१३ औं साग : पोखरामा १५९ पदकका लागि प्रतिस्पर्धा हुने  « Khabarhub

१३ औं साग : पोखरामा १५९ पदकका लागि प्रतिस्पर्धा हुने 


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- मंसिर १५ गतेदेखि हुन लागेको १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पोखरमा हुने आठ खेलमा कूल १५९ पदकका लागि खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

तेह्रौँ सागको आठ खेलमध्ये आर्चरीमा ३०, ब्याड्मिन्टनमा २८, महिला क्रिकेटमा तीन, फुटबलमा तीन, ह्याण्डबलमा छ, ट्राइयाथोलन १५, बिच भलिबल छ, भारत्तोलनमा ६० गरी कूल १५९ वटा पदकका लागि प्रतिष्पर्धा हुने भएको छ ।

त्यसैगरी आर्चरीमा १० स्वणर्, १० रजत र १० कास्य गरी ३० पदकका लागि प्रतिष्पर्धा हुँदैछ । ब्याटमिन्टनमा सात स्वर्ण, सात रजत र १४ कास्य, महिला क्रिकेटमा एक स्वर्ण, एक रजत र एक कास्य, ह्याण्डबलमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, ट्राइयाथोलन पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य, महिला बिच भलिबलमा एक स्वणर्, एक रजत र एक कास्य, भारत्तोलनमा समान २० स्वर्ण २० रजत र २० कास्य पदकका लागि प्रतिष्पर्धा हुँदैछ ।

बहुप्रतिक्षितरुपमा रहेको साग शुरु हुनमात्र छ दिन बाँकी रहँदा पोखरामा मात्रै विभिन्न खेलका ८२४ जना खेलाडी तथा अफिसियल पोखरा आउँदैछन् । त्यसैगरी करीब ४९१ जना प्राविधिक र अफिसियल पोखरा आउने कार्यक्रम तय भइसकेको साग तयारी समितिका सदस्य तेज गुरुङले जानकारी दिए । विभिन्न देशबाट आउने पाहुनालदाई स्वागत सत्कार तथा बसोबासका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको होटल व्यवस्थापन समितिका संयोजक सूर्य भुजेलले जानकारी दिए ।

पोखरा रङ्गशालामा आयोजना हुने छ वटा खेलको विभिन्न खेल पूर्वाधारको निर्माण कार्य ९५ प्रतिशत सकिएको र बाँकी काम यसै साताभित्र पूरा गरिने राखेप सदस्य राजेशकुमार गुरुङले जानकारी दिनुभयो ।

पोखराबाहेक काठमाडौं र जनकपुर गरी सञ्चालन हुने २८ खेलका लागि कूल एक हजार १११ पदकका लागि प्रतिष्पर्धा हुनेछन् ।

सागका लागि सजिँदै रङ्गशाला

सागलाई भव्य र व्यवस्थितरुपमा सम्पन्न गर्न पोखरामा रङ्गशालाको काम अन्तिम चरणमा पुगेको छ ।

माछापुच्छ्रेको काखमा रहेको रङ्गशालाको मुख्य प्रवेशद्वारदेखि नै सजावटको काम अघि बढाइएको छ । पाहुनाको स्वागतका लागि आकर्षक पूर्वाधारसहित सजावटको कामलाई प्राथमिकतामा राखेर अघि बढाएको राखेप सदस्य राजेश गुरुङले बताए ।

उनले भने, “हामी सुन्दर नगरी पोखरामा देश विदेशबाट आउने हाम्रा पाहुनाको स्वागत र सत्कार गर्न आतुर छौँ, उहाँहरुको स्वागत सत्कारका लागि सबै काम तीव्ररुपमा अघि बढेको छ ।”

विदेशी खेलाडी तथा पाहुनालाई भव्य स्वागतका लागि समारोह समितिअन्तर्गत रहेको झाँकी व्यवस्थापन समितिले मंसिर १६ गते गण्डकी प्रदेशभित्र रहेका विभिन्न जातजातिको जातीय पोशाकसहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको सो समितिका संयोजक नीरज थापाले जानकारी दिए ।

रङ्गशालाका प्रोजेक्ट म्यानेजर दीपक बरालका अनुसार रङ्गशाला निर्माणको ९५ प्रतिशत काम सकिएको छ । अब सिन्थेकि ट्राकमा मार्किङ गर्ने र प्यारापिटमा कुर्ची जडानका साथै एक्सेस रोडको काम भइरहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ७ : ५४ बजे

आक्रमण प्रयासपछि महेश बस्नेत : विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक

विराटनगर– विराटनगर विमानस्थलमा रातो मसी फ्याँकेर आक्रमण प्रयास गरिएको घटनापछि

व्यापार बढाउने माध्यम बन्यो एनपीएल

कीर्तिपुर– कीर्तिपुरको उमामहेशवरका खाजा घरमा एक सातायता मानिसहरूको चहलपहल पहिले भन्दा

स्वास्थ्यमन्त्री र जापानका राजदुतबीच भेट : द्विपक्षीय साझेदारीलाई अझ दिगो बनाउने विषयमा छलफल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु

काठमाडौं– राष्ट्र शान्तिको पावन उद्देश्यसहित पशुपतिनाथमा रहेको शङ्कराचार्य मठमा श्रीमद्भागवत

नेत्रहीन महिला विश्वकप फाइनल : नेपालले भारतलाई दियो ११५ रनको चुनौती

काठमाडौं – नेत्रहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपालले भारतलाई ११५