भूकम्पले भत्किएका ४३ विद्यालयका भवन निर्माण « Khabarhub

भूकम्पले भत्किएका ४३ विद्यालयका भवन निर्माण


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पामा भूकम्पले भत्काएका ४३ विद्यालय भवन पुनःनिर्माण भएको छ ।

पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले पाल्पा जिल्लामा क्षति पुगेका १३० विद्यालयमध्ये ४३ वटा निर्माण भएको जनाएको हो ।

विसं २०७२ को भूकम्पले भत्काएका भवन निर्माण गर्न रु २५ करोड तीन लाख २६ हजार खर्च भएको एकाइ प्रमुख लक्ष्मण देवकोटाले जानकारी दिए ।

तीन वर्षको अवधिमा पहिलो चरणमा १२, दोस्रो चरणमा १० र तेस्रो चरणमा २१ वटा विद्यालय भवन निर्माण भएको उनले बताए ।

जिल्लामा भूकम्पले क्षति पु¥याएका अझै १५ वटा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । एकाइले आव २०७३/०७४ देखि ०७५/०७६ सम्मको अवधिमा तीन चरणमा निर्माणकार्य गरेको जनाएको हो ।

प्राधिकरणले तोकेको मापदण्डअनुसार नै भवन निर्माण भएको एकाइले जनाएको छ । यसअवधिमा जिल्लामा चारकोठे भवनका निम्ति रु ७० लाख ४० हजार, तीनकोठे भवनका लागि रु ३५ लाख ८० हजार र दुई कोठाका लागि रु २३ लाख ९० हजार अनुदान दिएको छ ।

प्राधिकरणमा ६५० विद्यालय कोठामा क्षति पुगेको तथ्याङ्क छ । जिल्लामा अझै पनि विद्यार्थीको सङ्ख्या बढी भएर पठनपाठनमा समस्या भएको भन्दै अझै पनि कोठाको माग छ ।

जिल्लामा भूकम्पले विद्यालय भवनमा क्षति पुर्‍याउँदा कतिपय विद्यार्थी बर्सात् र गर्मीको समयमा घामपानीले पारेको समस्याका बाबजुद पनि शिक्षा लिन बाध्य भएका थिए ।

विद्यालय भवन निर्माणका लागि जिल्लाका विभिन्न विद्यालयले अझै पनि भवनको माग गरेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ६ : ३८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना