भूकम्पले भत्किएका ४३ विद्यालयका भवन निर्माण « Khabarhub

भूकम्पले भत्किएका ४३ विद्यालयका भवन निर्माण


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पामा भूकम्पले भत्काएका ४३ विद्यालय भवन पुनःनिर्माण भएको छ ।

पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले पाल्पा जिल्लामा क्षति पुगेका १३० विद्यालयमध्ये ४३ वटा निर्माण भएको जनाएको हो ।

विसं २०७२ को भूकम्पले भत्काएका भवन निर्माण गर्न रु २५ करोड तीन लाख २६ हजार खर्च भएको एकाइ प्रमुख लक्ष्मण देवकोटाले जानकारी दिए ।

तीन वर्षको अवधिमा पहिलो चरणमा १२, दोस्रो चरणमा १० र तेस्रो चरणमा २१ वटा विद्यालय भवन निर्माण भएको उनले बताए ।

जिल्लामा भूकम्पले क्षति पु¥याएका अझै १५ वटा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । एकाइले आव २०७३/०७४ देखि ०७५/०७६ सम्मको अवधिमा तीन चरणमा निर्माणकार्य गरेको जनाएको हो ।

प्राधिकरणले तोकेको मापदण्डअनुसार नै भवन निर्माण भएको एकाइले जनाएको छ । यसअवधिमा जिल्लामा चारकोठे भवनका निम्ति रु ७० लाख ४० हजार, तीनकोठे भवनका लागि रु ३५ लाख ८० हजार र दुई कोठाका लागि रु २३ लाख ९० हजार अनुदान दिएको छ ।

प्राधिकरणमा ६५० विद्यालय कोठामा क्षति पुगेको तथ्याङ्क छ । जिल्लामा अझै पनि विद्यार्थीको सङ्ख्या बढी भएर पठनपाठनमा समस्या भएको भन्दै अझै पनि कोठाको माग छ ।

जिल्लामा भूकम्पले विद्यालय भवनमा क्षति पुर्‍याउँदा कतिपय विद्यार्थी बर्सात् र गर्मीको समयमा घामपानीले पारेको समस्याका बाबजुद पनि शिक्षा लिन बाध्य भएका थिए ।

विद्यालय भवन निर्माणका लागि जिल्लाका विभिन्न विद्यालयले अझै पनि भवनको माग गरेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ६ : ३८ बजे

केन्यामा हात्ती मर्न थालेपछि चिन्ता

नैरोबी- दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुनयता कम्तीमा २० वटा

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका

रास्वपाले अघि बढायो स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ