पीपीएलमा आज बुटबल र विराटनगर भिड्दै « Khabarhub

पीपीएलमा आज बुटबल र विराटनगर भिड्दै


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज (बुधबार) लिग चरणको अन्तिम एक खेल हुदैछ ।

बुटबल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच हुने खेल बिहान ११ बजे शुरु हुनेछ । यसअघिनै प्लअफमा स्थान पक्का भएको बुटबललाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन । तर अन्तिम खेलमा फराकिलो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना विराटनगरलाई अझै छ ।

बुटबल ६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । पाँचौ स्थानको विराटनगरको ४ खेलबाट २ अंक छ । तेस्रो स्थानको काठमाडौंको ४ अंक छ । नेट रनरेटमा कमजोर देखिएको काठमाडौंलाई उछिन्दै तेस्रो स्थानमा उक्लिने मौका विराटनगरलाई छ ।

चितवन प्रतियोगितामा अपराजित रहँदै प्रतियोगिताको फाईनल पुगिसकेको छ । बुटबल ब्लास्टरले समेत ईलिमिनेटर राउण्डमा स्थान पक्का गरिसकेको छ ।

तेस्रो स्थानमा रहने टोलीले बुटबलसँग ईलिमिनेटर राउण्डमा प्रतिस्पर्धा गर्नेछ । काठमाडौं ४ अंक सहित प्लेअफको नजिक छ । तर नेट रनरेटमा सुधार गर्दै विराटनगरसँग काठमाडौंलाई उछिन्ने अन्तिम अवसर छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : २२ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको