चिलेको जंगलमा फैलिएको डढेलो बस्तीसम्म आइपुग्यो « Khabarhub

चिलेको जंगलमा फैलिएको डढेलो बस्तीसम्म आइपुग्यो


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अमेरिकी देश चिलेको जंगलमा फैलिएको डढेलो तीव्र गतिमा बिस्तार भएको छ । भाल्पाराइसो शहरको जंगली क्षेत्रमा लागेको डढेलो तीव्र गतिमा फैलिएर बस्तीतिर आइपुगेको छ ।

कम्तिमा ८० वटा घरमा आगलागी भएको छ । यसले गर्दा भाल्पाराइसो शहरबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाइएको छ । शहरका सबै अग्नि नियन्त्रकहरुलाई डढेलो नियन्त्रणका लागि खटाइएको छ ।

सावधानी स्वरुप सो क्षेत्रमा ९० हजार घरमा विद्युत आपूर्ति बन्द गरिएको स्थानीय अधिकारीले बताएका छन् । भाल्पाराइसो शहरका मेयर खोर्खे शार्पले स्थानीय टेलिभिजन च्यानल २४ ओरासलाई जंगलमा कसैले नियतबस आगो लगाएको बताएका छन् ।

अहिलेसम्म आगलागीका कारण मानिसको ज्यान गएको खबर भने आएको छैन । शहरको माथिल्लो क्षेत्रका दुई ठाउँबाट आगलागी भएको मेयरले बताएका छन् । डढेलो नियन्त्रणमा लिने प्रयास अति तीव्र पारिएको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : ४५ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम