प्रदेश ३ सरकारले आठ स्थानमा ‘हिल स्टेसन’ बनाउने « Khabarhub

प्रदेश ३ सरकारले आठ स्थानमा ‘हिल स्टेसन’ बनाउने


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पर्यटकीय क्षेत्र पहिचानसहित पर्यटन विकासको नयाँ परिकल्पनासहित प्रदेश ३ सरकारले आठ स्थानमा हिल स्टेसन बनाउने भएको छ ।

प्रदेश सरकारले आव २०७६/७७ मा सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, धादिङको रुबी भ्याली, मकवानपुरको चित्लाङ, रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको ककनी र रसुवाको सोम्दाङलाई हिल स्टेसनका रूपमा विकास गर्न लागेको हो ।

प्रदेश सरकारले घोषणा गरेको भ्रमण दशक २०२० देखि २०३० अन्तर्गत यसलाई ड्रिम प्रोजेक्टका रूपमा लिएको छ । प्रदेशले यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ २० करोड रुपैयाँ छुट्याएको छ ।

यसैगरी, तीन स्थानको ठेक्का सम्झौता भएको, दुई स्थानको ठेक्का प्रक्रिया रहेको, तीन स्थानको डीपीआर अन्तिम चरणमा पुगेको प्रदेश ३ को उद्योग वन तथा पर्यटन मन्त्रालयका पर्यटन आयोजना प्रमुख शिव सापकोटाले बताए ।

हिल स्टेसन निर्माण गर्न प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आव २०७५/७६ मा नै ५ करोड रुपैयाँ रकम विनियोजन गरे पनि काम सुरु हुन सकेको थिएन । तर, हिल स्टेसन मल्टिपर्पोज हुनेगरी निर्माण गर्न प्रदेश ३ को पर्यटन मन्त्रालयले डिजाइन तयार गरी काम गर्न सुरु भइसकेको आयोजना प्रमुख सापकोटाले जानकारी दिएका छन् ।

पर्यटकहरूका लागि गर्मी छल्न जाने स्थानका रूपमा हिल स्टेसन बन्नेछ । हिल स्टेसनमा बगैंचा, भ्यु टावर, कोसेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्टलगायतका भौतिक संरचना निर्माण गरिने योजना छ ।

हिल स्टेसनमा रिसोर्ट चलाउन चाहनेलाई सार्वजनिक जग्गा उपलब्ध गराइने सापकोटाको भनाइ छ । निजी रिसोर्ट नभएका र सञ्चालन गर्न नसकिने स्थानमा होमस्टे निर्माण गर्ने योजना रहेको उनले बताए । गर्मी छल्नका लागि पुग्ने पर्यटक केही समय आनन्दले रमाउन सक्नेगरी हिल स्टेसन बन्नेछ ।

सिन्धुपाल्चोकको मुडे र सिन्धुलीको सिन्धुलीगढीमा बन्ने हिल स्टेसनका लागि डीपीआर तयार भइसकेको तर ठेक्का सम्झौता हुन बाँकी रहेको आयोजना प्रमुख सापकोटाले बताए । दोलखाको जिरीलाई बहुवर्षीय योजनामा राखिएको, धादिङको रुबी भ्याली, रामेछापको शिवालय र रसुवाको सोम्दाङको डीपीआर तयार हुँदै गरेको सापकोटाले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेशलाई पर्यटनको हब बनाउने लक्ष्यका साथ विभिन्न जिल्लामा आयोजनामार्फत पर्यटकीय पार्क निर्माण, भ्यु टावर, पर्यटकीय पदमार्ग निर्माण, बगैंचा, पार्किङ स्थल, पदमार्गको स्तरोन्नति, धार्मिक पर्यटकीय सर्किट निर्माण, तातोपानी क्षेत्रको संरक्षणलगायत कार्यको डीपीआर तयार भएर धेरै स्थानमा काम सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ८ : १४ बजे

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा