नयाँ कार्यक्रम चलाउन १९ अर्ब बजेट « Khabarhub

नयाँ कार्यक्रम चलाउन १९ अर्ब बजेट


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले नयाँ कार्यक्रमका लागि १९ अर्ब ६ करोड बजेट निधारण गरेको छ ।

राष्ट्रिय योजना आयोगले नयाँ कार्यक्रमका लागि यो बजेट छुटाएको हो । स्थानीय र प्रदेश तहमा छानिएका नयाँ कार्यक्रमका लागि समपूरक र विशेष अनुदानको रुपमा यो बजेट छुट्याइएको आयोगले जनाएको छ ।

समपूरक र विशेष अनुदानको लागि प्रदेश र स्थानीय तहले आफूले पहिचान गरेका आयोजनामा बजेट खर्च गर्न पाउनेछन् । यस्ता आयोजनामा १० अर्ब रुपैयाँ समपूरक र १० अर्ब रुपैयाँ विशेष अनुदान रकम विनियोजन भएको आयोगले जनाएको छ ।

यो अनुदान विशिष्ट प्रकृतिको काम गनका लागि छानिएका योजनामा मात्र विनियोजन हुने गर्दछ ।

समपूरकमा सम्बन्धित तहले योजनाको ५० प्रतिशत रकम बेहोर्नुपर्छ भने विशेष अनुदान शतप्रतिशत अनुदान रकम हो । स्थानीय तहले कुल २३ अर्ब १८ करोड ३३ लाख रुपैयाँ लागतका योजना पेस गदै आएका छन् ।

स्थानीय तह र प्रदेश सरकारको मागका आधारमा समपूरक योजनाका लागि ९ अर्ब ६३ करोड २४ लाख रुपैयाँ र विशेष अनुदान अन्तर्गतका योजनालाई ९ अर्ब ४२ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गर्नका लागि आयोगले स्वीकृति दिएको छ ।

आयोगका अनुसार पहिलो पटक अनलाइन आवेदनका आधारमा योजना छनोट गरिएको हो । प्रदेशबाट कार्यान्वयन गर्ने योजना २० करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म हुन्छ ।

समपूरक अनुदान अन्तर्गतका योजना बढीमा तीन वर्षमा सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।

बजेटलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको आयोगका सदस्य मीनबहादुर शाहीले बताए । उनले भने ‘अबको बजेट विगतमा जस्तो पावरका आधारमा हुँदैन ।’

समपूरक अनुदानमा सम्बन्धित स्थानीय तह र प्रदेशले बजेट बेहोर्नुपर्ने व्यवस्था छ । विशेष अनुदान विपन्न समुदायलाई माथि उठाई सामाजिक विकासका लागि दिइने रकम हो । समपूरक र विशेष अनुदान शीर्षकको बजेट माग गर्ने र कार्यक्रम स्वीकृत गर्ने जिम्मेवारी राष्ट्रिय योजना आयोगको हो ।

उनले भने, ‘यस्तो अनुदान प्रदेश र स्थानीय तहमा पठाउन योजना आयोगले केही समयअघि सबै प्रदेश र स्थानीय तहलाई योजना र त्यसअनुसारको कार्यक्रम अनलाइनमार्फत् पेस गर्न भनेको थियो ।’

आयोगले गरेको सिफारिस योजनामा पूर्वाधार, कृषि, सामाजिक सुरक्षाका परियोजनाहरु परेका छन् । विशेष अनुदानका योजनामा शिक्षा, खाद्य सुरक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, खानेपानी, समावेशी तथा मूल प्रवाहीकरण छन् ।

प्रदेश सरकारले कार्यान्वयन गर्न कुल ३३ अर्ब २६ करोड २ लाख रुपैयाँका योजनामा सम्बन्धित तहले १६ अर्ब ६९ अर्ब ४७ लाख बेहोर्ने गरी १६ अर्ब ५६ करोड ५५ लाख अनुदान माग गरिएको थियो भने मात्र ४ अर्ब ८६ करोड ८४ लाख रुपैयाँका योजनामा अनुदान दिन छनोट भएका छन् ।

विशेष अनुदानतर्फ १० अर्ब छुट्याइएकोमा ९ अर्ब ४२ करोड ८४ लाख रुपैयाँका योजना सिफारिस गरिएको छ ।

त्यसमा स्थानीय तह मार्फत् ४ अर्ब ८२ करोड ८३ लाख रुपैयाँ र प्रदेश मार्फत् कार्यान्वयन गर्ने गरी ४ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । विशेष अनुदानका लागि प्रदेशले २२ अर्ब ५५ करोड ९३ लाख र स्थानीय तहले १२ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ माग गरेका थियो ।

आयोगले प्रदेश र स्थानीय तहमा समपूरक तथा विशेष अनुदान बाँडफाँड कार्यविधि बनाएको थियो। सोही कार्यविधि अनुसार नै आयोजना छनोट गरेको आयोगले जनाएको छ ।

प्रस्ताव पेस गर्दा समपूरक अनुदानका लागि गाउँपालिका वा नगरपालिकाले कार्यान्वयन गर्ने योजनाको लागत न्यूनतम १ करोड देखि १० करोड रुपैयाँ तथा उपमहानगरपालिका र महानगरपालिकाका योजनाको अनुमानित लागत ५ करोडदेखि २५ करोड रुपैयाँको सीमा तोकिएको थियो ।

विशेष अनुदानतर्फ प्रदेश सरकारले १० करोड र स्थानीय तहले ५० लाख रुपैयाँका योजनाको सीमा तोकिएको थियो ।

सरकारले तोके अनुसार गुणस्तरी कायम नगरे आगामी आर्थिक वर्षमा प्रदान गरिने अनुदान रकमबाट कट्टा वा रोक्का राख्न सक्ने समेत व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १० : ०० बजे

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा

बिनु यादवलाई महिलामन्त्रीले भनिन्- आवश्यक सहयोग गर्छु

काठमाडौं– सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं– पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाइ जात्रा मनाइएको छ ।  मंगलबार पशुपतिनाथ