विवाहपछि कसरी बनाउने सुखी जीवनशैली ? « Khabarhub

विवाहपछि कसरी बनाउने सुखी जीवनशैली ?


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

अधिकाशं मानिस एक निश्चित उमेर पछि विवाह गर्दछन् । तर विवाह गर्दा आफ्नो जीवनमा आउने पार्टनर कस्तो हुने हो ? वा विवाहपछि जिवनमा खुसी रहन सकिन्छ कि सकिँदैन भन्ने आम प्रश्न रहने गरेको छ ।

विवाहपछि केही दिनसम्म मानिसहरु सन्तुष्ट र खुसी देखिन्छन् । तर कतिपय भने विवाहपछि लामो समयसम्म खुसी रहन सक्दैनन् । विवाहपछि मानिसमा आउने परिवर्तनलाई बुझ्न सक्ने जिवनसंगी भए वैवाहिक जीवनपछि पनि मानिसहरु खुसि रहन सक्छन् । यस्तोमा दुई पार्टनरबीच जति नै भिन्नता भएपनि एकअर्कालाई बुझाउन राम्रो मद्दत गर्छ ।

मुख्यकुरा विवाहिता जोडिको बानि मिल्नु भन्दा पनि सहमति मिल्नु आवश्यक हुन्छ । एक पार्टनरमा रिसाउने बानी छ भने अर्काेले फकाउन सक्नुपर्छ । यस्तो भएमा वैवाहिक जीवन प्रगाढ सम्बन्धमा परिणत हुन्छ ।

यदि तपाईं र पार्टनरको बानी, स्वभाव र व्यक्तित्व एउटै छ भने यसले तपाईंको सम्बन्ध निकै राम्रो बनाउन सक्छ । विवाहले मानिसको व्यक्तित्वमा समेत स्थायी परिवर्तन ल्याइदिन्छ । विवाहपछि मानिसहरुमा बाहिर घुम्ने र स्वतन्त्रतामा कमी आउने गर्दछ । जसलाई केहिले विवाहपछिको बाधक मान्दछन् ।

एक निश्चित उमेरपछि मानिसमा दायित्व बोध हुन आवश्यक हुन्छ । त्यसैले बाहिर घुम्नु वा स्वतन्त्र हुनुलाई नै खुसी मान्नुहुन्छ भने यो शतप्रतिशत गलत हो । किनकी खुसिका पल परिवारबीच रहेर पनि मज्जाले निकाल्न सकिन्छ ।

श्रीमान–श्रीमति भान्सामा बसेर परिकार बनाउँदा होस् वा संगै मिलेर घरायासी काम गर्दा खुसी जहाबाट पनि पाउन सकिन्छ । तर यस प्रकारका खुसीलाई महत्व नदिने र बाहिरफेरा मात्र घुम्न रुचाउनेले भने यसलाई असन्तोष गर्दछन् । तर कसैसंग लामो जीवन बिताउँदै हुनुहुन्छ भने सम्बन्ध बलियो बनाउन अत्यन्त महत्वपूर्ण विशेषता भनेको तपाई भित्रको मनसाय नै हो ।

विवाहपछि एक मात्र जिवनसंगीसँग जीवन बिताउनुलाई समाजले आदर्श मान्दछ । तर केही विवाहिताहरु एकैसाथ थुप्रै सम्बन्धमा रमाउने गरेको समेत पाइन्छ । पार्टनर बाहेकको सम्बन्धमा रहनेहरु पार्टनरले कुरा नबुझ्दा वा पार्टनरबाट पाउन नसकेको माया अन्त पाएपछि अर्काे सम्बन्धमा रमाउने गरेको पनि पाइन्छ ।

तर यसरी कसैलाई प्रत्यक्ष घात गर्नुको सट्टा यसबारे एकआपसमा राम्ररी छलफल गर्नु उत्तम हुन्छ । अन्यथा लामो वैवाहिक सम्बन्धमा रहँदा पनि पार्टनरबाट लगातार असन्तुष्टी छ भने सम्बन्धविच्छेद विकल्प हुनसक्छ । तर सम्बन्धविच्छेद पछि महिलाले केही स्वतन्त्रता पाए पनि पुरुषले भने त्यसपछिको जिवनलाई राम्ररी व्यवस्थित गर्न सक्दैनन् । सम्बन्धविच्छेद पछि व्यक्तिले आफूलाई कसरी सम्हाल्न सक्छ त्यो व्यक्तिमा भर पर्दछ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १० : १५ बजे

गौरादहमा बालेनको घरदैलो : समस्या सुन्दै, आशीर्वाद थाप्दै

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झापामा घरदैलो

भक्तपुरमा एमाले उम्मेदवारद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुरका नेकपा एमाले उम्मेदवारहरूले आफ्नो

‘ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन’

कोपनहेगन– डेनमार्कका रक्षामन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा

बालबालिकामा इन्टरनेटको लत : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता

काठमाडौं– पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको

चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

चितवन–  चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा (एमाले)का