चौथो दिन बक्स अफिसमा कस्तो रह्यो ‘दबंग ३’ को कमाइ? « Khabarhub

चौथो दिन बक्स अफिसमा कस्तो रह्यो ‘दबंग ३’ को कमाइ?


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘दबंग ३’ को रिलिजअघि चर्चा थियो । तर, यो फिल्म रिलिजपछि भने सोचेअनुरुप कमाइ गर्न सकेको छैन ।

पहिलो दिन राम्रो कमाइ गरेको फिल्मले चौथो दिनसम्म आइपुग्दा यसको आम्दानीमा व्यापक गिरावट आएको छ ।

पहिलो दिनको कमाइले धेरैले यो फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गर्ने आँकलन गरिएको थियो । तर, विकेन्डपछि सोमवार फिल्मको कमाइ कम भयो ।

प्रभुदेवाले निर्देशन गरेको यो फिल्ममा सोनाक्षी सिन्हा, डिम्पल कपाडिया, सई माजरेकर, अरबाज खान, सुदीप किच्चा लगायतका कलाकारको शीर्ष भूमिका छ ।

फिल्मले ओपनिङमा २३ करोड भारतीय रुपैयाँ कमाएको थियो । दोस्रो दिन फिल्मको कमाइ २२ करोड थियो भने तेस्रो दिन २८ करोड कमाइ गरेको थियो ।

यता फिल्मले चौथो दिनमा भने जम्मा ९ करोड २५ लाख रुपैयाँ कमाइ गरेको छ । फिल्मले ४ दिनमा ८२ करोड २५ लाख भारतीय रुपैयाँ कमाएको छ ।

सलमान खानको एक्सन अवतार धेरैले मन पराए पनि फिल्मको कथालाई लिएर धेरैले विरोध जनाएका थिए । यो फिल्मले बक्स अफिसमा ३ सय करोड कमाउने पूर्वसमीक्षा गरिएको थियो ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १२ : ११ बजे

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति